प्रहरीमा १३ हजार २६३ वटा चेक बाउन्सको मुद्दा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । गएको आर्थिक बर्ष २०८०–८१ मा १३ हजार २६३ वटा चेक बाउन्स भएको छ । नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

चेक साट्दा उल्लेखीत रकम खातामा नभएपछि बाउन्स गर्न मिल्छ । तीन पटक प्रयास गर्दा पनि चेक नसाटिएपछि चेक बाउन्सको मुद्दा अघि बढ्छ, जुन प्रहरी मार्फतनै अघि बढ्छ ।

तथ्यांकअनुसार गत आवमा चेक बाउन्स १०।२४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा १२ हजार ३० वटा चेक बाउन्सको मुद्दा अघि बढेको थियो । गत आवमा त्यो थप बढेको देखिन्छ ।

बिशेषगरी पछिल्लो समय देखिएको आर्थिक शिथिलताले चेक बाउन्सको मुद्दा उच्च मात्रामा बढ्ने गरेको छ । बिशेषगरी २०७९–८० यता चेक बाउन्स उच्च छ । त्यस भन्दा चेक बाउन्स कम नै थियो ।

प्रहरीको तथ्यांकअनुसार आव २०७५–७६ मा दुई हजार ९६६ वटा मात्रै चेक बाउन्स भएको थियो ।

आव २०७६–७६ तीन हजार २७५ वटा चेक बाउन्स भएको थियो । आव २०७७–७८ मा त्यो घटेर दुई हजार ३११ मा झरेको थियो । त्यसबेला लक डाउनका कारण पनि यस्तो संख्या घटेको थियो । त्यसपछि आव २०७८–७९ मा त्यो पुनः बढेर पाँच हजार ३७० पुगेको थियो ।

आव २०७९–८० मा १२ हजार ३० र गत आव २०८०–८१ मा १३ हजार २६३ वटा चेक बाउन्स भएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया