नेपाल सरकारले पर्यटन प्रवद्र्धनका निम्ति धेरै लामो अभ्यास गर्दै आएको छ । पर्यटक भित्र्याएर आयआर्जनसहित नेपालको पहिचानलाई विश्वमाझ पु¥याउने लक्ष्यका साथ आयोजित भ्रमण वर्षहरु यसअघिका विभिन्न कारणले लक्ष्य अनुरुप हुन सकिरहेका छैनन । खास गरेर कोरोना महामारी यताका घोषित पर्यटन वर्षहरु परिस्थितिवश फलदायी हुन नसकेको अवस्थामा फेरी सरकार २०२३–३३ एक दशकलाई लिएर पर्यटन वर्ष मनाईरहेको छ । त्यो १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने सरकराले लक्ष्यमा २३–०२४ र ०२४÷०२५ चलिरहेको छ । अघिल्लो वर्षभन्दा पछिल्ला वर्षहरुमा पर्यटक आगमनको संख्या पनि बढेका तथ्याङ्कले देखाएका छन् । सन् २०२३ मै १० लाख पर्यटक भित्र्याउने सरकार लक्ष्य नजिक पुगेको थियो ।
पूर्वी नाका झापा काँकडभिट्टाबाट पनि पर्यटकको आगमन प्रशस्त रुपमा भईरहेको छ । पछिल्लो समय पर्यटन क्षेत्र सुधारोन्मुख देखिएको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको पूर्वको पर्यटन चालु आर्थिक वर्षयता पर्यटक तान्न अग्रस्थानमा उक्लिएको छ । तर, पूर्वको पर्यटन क्षेत्रमा अझै पनि आशातीत सुधार हुन सकेको छैन । भएका पर्यटन प्रवद्र्धन स्थलहरुको प्रचार प्रसार र नयाँ नयाँ स्थलको खोजीमा पूर्वका पर्यटनसँग सम्बन्धी सरकारी तथा गैरसरकारी निकायहरु चुकिरहेका छन् । अहिलेको चिसो मौसममा आन्तरिक पर्यटकले विभिन्न रमणीय स्थलहरु भरिभराउ भईरहेको सन्दर्भमा त्यहाँको अहिलेको आवश्यकता र थप हुनुपर्ने सेवा सुविधाका विषयमा कुनै छलफल वा तयारी देखिँदैन ।
आन्तरिक पर्यटकमात्र नभएर विश्व समुदायलाई यतिखेर पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको सन्देशसहित हाम्रा पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा ध्यान पु¥याउन आवश्यक देखिन्छ । सरकारले विभिन्न मुलुकमा रहेका आफ्ना कूटनीतिक नियोगहरूमार्फत होस् वा नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिमार्फत नै किन नहोस्, नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश प्रवाह गर्ने कार्यलाई प्रभावकारी हिसाबले अघि बढाउन जरुरी छ ।
सरकार वा निजी क्षेत्र कुनै एक पक्षको प्रयासले मात्रै पर्यटन क्षेत्रको समग्र विकास र व्यवस्थापन हुन सक्दैन । त्यसैले पनि सबैले सकारात्मक सन्देश प्रवाह गर्न अपरिहार्य छ । पदयात्रा, जलविहार, हिमालय आरोहण तथा धार्मिक तथा सांस्कृतिक पर्यटनलगायतलाई आधार बनाउँदै क्षेत्रगत हिसाबले सरकार र व्यवसायी दुवैको पहलमा विभिन्न किसिमका प्याकेज कार्यक्रम ल्याउन पनि उत्तिकै जरुरी छ ।
पछिल्लो समय पर्यटन क्षेत्रलाई विकास र प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि सक्रियता देखाउन थालेका छन् । पूर्वका पर्यटकीय स्थलहरुमा विदेशीले राख्ने यात्रा सुझाव संग्रह गरेर सुझावका आधारमा योजना बनाई पर्याप्त कूटनीतिक पहल गर्न जरुरी छ । साथै उल्लेख्य योगदान रहेको र लाखौंको रोजीरोटीसँग जोडिएको पर्यटन क्षेत्रको सुधारमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । त्यसका लागि राष्ट्रियस्तरमा पर्यटन क्षेत्रको सुधारका कार्यक्रमहरू ल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष त्यसको व्यापक प्रचार प्रसार गर्न जरुरी छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो