इटहरी । रास्वपामा लागेका नेताहरु आफ्नै व्यक्तिगत स्वार्थका कारण धमाधम पाखा लागेर पार्टीलाई शुद्धिकरणतर्फ उन्मुख गराएका छन । रवि लामिछाने हिरासतमा रहेको मौकामा आफूलाई पार्टीमा नेतृत्व कब्जा जमाउने मनसाय राखेका त्यस्ता नेताहरु पाखा लागेका हुन । उनीहरु आफुलेको भनेको जस्तो पार्टी नभएको जिकिर गर्दै कोही निकालिए भने कोही राजीनामा दिएर गएको रास्वपाका एक नेताले बताए ।
उनका अनुसार रास्वपाभित्रको पलायन संस्थापक महामन्त्री र जिम्मेवार नेता डा. मुकुल ढकालबाट सुरु भयो। गरिमामय र निर्णायक क्षमता र सामथ्र्य रहेको पद महासचिवमा रहेर पार्टीलाई अगाडि बढाउनु भन्दा सभापति पद हत्याउने रणनीति लिएका ढकाललाई पार्टीले नै निस्कासन गरेको हो । उनको आरोप उनैले गर्ने कामको थियो– पार्टी सञ्चालनमा पारदर्शिता नदेखिएको र निर्णय प्रक्रियामा एकाधिकार बढेको । त्यसको केही समयमै दोबाटोबाट टिपेर ल्याएर सांसददेखि मन्त्रीसम्म रास्वपाले बनाएकी र ्रत्यही आधारमा आम नेपालमाझ चिनिएकी पूर्व मन्त्री तथा पार्टी सचिव सुमना श्रेष्ठले नेतृत्वमाथि ‘अनैतिक व्यवहार’ र ‘अभिव्यक्तिको रोकथाम’ जस्ता गम्भीर आरोप लगाउँदै पार्टी छाडिन्- ति नेताले भने ।
त्यसपछि बारा–२ का पूर्व उम्मेदवार तथा पूर्व डिआईजी रमेश खरेलले पनि रास्वपामा बसिरहन नसक्ने घोषणा गरे । उनले सभापतिमाथि संगठन चलाउने शैलीदेखि आन्तरिक लोकतन्त्रसम्मका विषयमा सार्वजनिक रूपमा प्रश्न उठाए। उनलाई पनि रास्वपाले दिएको त्यो गरिममय स्थान पच्न सकेन र पाखा लागे । घरवाला भरतमणि देवकोटा आफ्नै कार्य व्यस्तताका कारणले पार्टीमा बसेर काम गर्न नसक्ने भएर पार्टी छोडे तर त्यसलाई पनि रास्वपामा पहिरो गएको भनेर आलोचकहरुले टिकाटिप्पणी गरे । उनका अनुसार पछिल्लो समयमा पूर्व प्रमुख सचेतक सन्तोष परियारको कुरै फरक छ । उनलाई रास्वपाले समानुपातिकबाट सांसद बनायो, चर्चामा ल्यायो । एमालेमा रहेका बेला वडाअध्यक्षसम्म नपाएका परिवारलाई प्रमुख सचेतक सम्म बनायो तर त्यो पचेन र अहिले पार्टीको नीतिले अब उनी समानुपातिकमा पर्न नसक्ने भएपछि एकाएक उनी बाहिरिए । अब यिनीहरुको वर्हिगमनलाई लिएर आलोचकहरुले रास्वपामा ठूलो भुँइचालो गएको भनेर समाचार सम्प्रेषण गरिरहेका छन् तर भएको केही छैन । खराब किराहरु मर्दैछन र पार्टी अगाडि बढ्दैछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो