इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहालले २० सदस्यीय मन्त्रीमण्डल गठन गरेका छ । तीन जना विना विभागीय मन्त्रीलाई सोमबार नै शपथ गराइएको थियो भने बाँकी १६ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा बुधबार शपथ गराएका छन् ।
पुर्नगठित मन्त्रीमण्डलमा नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । यस्तै दोस्रो वरियतामा राखिएका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्र मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि दोस्रो पटक उपप्रधान तथा गृहमन्त्रालय सम्हाल्ने गरी शपथ लिइसकेका छन् ।
प्रधानमन्त्री दाहालले एमालेबाट ८, माओवादीका प्रधानमन्त्रीसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनेको हो । मन्त्रीहरु सबैको जिम्मेवारी बाँडफाँड भईसकेको छ ।
जसमा पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुनले अर्थको जिम्मा पाएका छन्। शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।
यस्तै रास्वपाबाट डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्। त्यसैगरी नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेसँगै फेरी विश्वासको मत लिनुपर्ने छ । जसका लागि प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जना सांसदको सरकारलाई समर्थन पुगेको छ । जसपाको १२ सांसदको समर्थन पनि सरकारलाई रहेकोले प्रधानमन्त्रीको पक्षमा १५३ सांसद हुनेछन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो