साढे ३२ केजीको अजिंगर नियन्त्रणमा लिई निकुञ्जको जिम्मा

खगेन्द्र कार्की

रायुजा संवाददाता

पोखरा । पश्चिमी मकवानपुरको एक सामुदायिक वनमा अजिंगरले बोका मारेपछि स्थानीयो सहयोगमा नियन्त्रणमा लिई निकुञ्जलाई जिम्मा लगाइएको छ । 

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका(३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ केजीको अजिङ्गर फेला परेको छ ।

अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् ।

‘अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ’, स्थानीय श्यामबहादुर राईले जानकारी दिए ।

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए । ‘अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ’, पौडेलको भनाइ छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया