काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपालीसँगको भेटवार्ता तथा अन्तरक्रियामा विदेशमा रहने नेपालीहरुको समस्या समाधान नभई देश अगाडि नबढ्ने बताएका छन् । बिहीबार साँझ युगाण्डाको कम्पालामा प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायमाझ उक्त कुरा बताएका हुन् ।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डा पुगेका प्रधानमन्त्रीले त्यहाँका नेपालीहरूसँगको भेटवार्ताले विदेशमा रहेका नेपालीको दुखकष्ट बुझ्ने अवसर पनि पाएको बताए । ‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन,’उनले भने, ‘विदेशमा रहेका नेपालीहरूका दुस्खकष्ट बुझ्ने अवसर पनि पाए । ’अफ्रिकामा रहेका नेपालीहरू भेट्न पाउँदा खुसी लागेको उनले बताए ।
भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताएका थिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपिल गरे ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो