कोशी प्रदेशमा चौथो मुख्यमन्त्री पनि टुंगिने क्रममा, अब पाँचौंको कसरत हुने

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर ।  कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएसँग यहाँको राजनीतिक माहोल बदलिएको छ । 

कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारीको मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको थियो । सो बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशित गरे बमोजिम  माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिए पछि नयाँ सरकार बनाउने गरी राजनीतिक तरंग पैदा भएको छ ।  माओवादीबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री थिए । उनीहरुले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन् । केन्द्र सरकारमा भएको समीकरण बमोजिम प्रदेशमा पनि केन्द्रमा सहभागी दलहरुबीचकै सरकार गठनका माओवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । गत पुस २५ मा उनीहरु मन्त्री बनेका थिए ।

यसअघि जेठ १६ गते जनता समाजवादी पार्टी(जसपा) ले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरिसकेको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया