इटहरी । सुनसरीको इटहरीस्थित बुढीगंगा मुक्ति घाटमा मनाइने छटपर्वमा देखिएको भिडभाडले बालबालिका र ज्येष्ठ नागरिकका लागि निकै सकसपूर्ण बनेको छ । भिडमा धेरै बालबालिका हराईरहेका र तिनीहरुको खोजीमा सुरक्षा संयन्त्रलाई समेत निकै सकसपुर्ण अवस्था थियो । हराएका बालबालिका मुस्किलले फेला परेको भए पनि अझै एक जना बालिका हराईरहेको छट सेवा समितिले जनाएको छ ।
छठ पर्वमा हराएका नौ बालबालिका मध्ये ८ जना भेटिएका छन् भने १४ वर्षीया एक बालिका हराईरहेको छट सेवा समितिले जनाएको छ । सुनसरी–मोरङ सिमाना बुढिगंगा मुक्ती घाटमा लागेको छठ मेला घुम्न आएको बेला हराएका नौ बालबालिका मध्ये ८ जना भेटिएको र १४ वर्षीया एक बालिका अझै सम्पर्कविहीन रहेको छठ सेवा समितिले जनाएको छ। इटहरी–१३ की १४ वर्षीया नम्रता खवास सम्पर्कविहीन बनेको समितिले जनाएको छ। परिवारसँग मेला घुम्न आएकी खवास साथीहरूबाट छुटिएपछि उनी सम्पर्कविहीन बनेकी हुन्। त्यस्तै, इटहरी छठ मेला घुम्न आएकी इटहरी–३ की सरस्वती लिम्बुको एक आईफोन हराएको जनाइएको छ। त्यस्तै, इटहरी–९ का बलराम न्यौपानेको निलो रङको पल्सर मोटरसाइकल पनि हराएको बताइएको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो