मेष – आफ्ना कमी-कमजोरीलाई सुधार गर्ने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मीयजनसँग भेटघाटको योग छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको लागि आजको दिन विशेष सजग रहनु उचित हुनेछ । सबैप्रति प्रेमभाव बढ्ने देखिन्छ । इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् ।
वृष – व्यस्तता बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधन बिग्रनाले लक्ष्यप्राप्तिमा रोकाओट आउला । भावनामा केन्द्रित भइने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहार नियन्त्रणमा राख्नुहोला । प्रतिकुलताका बाबजुद सहयोगीजनमार्फत नयाँ कामको प्रस्ताव आउनसक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
मिथुन – समय शुभदायी छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउने देखिन्छ । अभिप्रेरित गर्नेहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा पनि विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्ने योग छ । पराक्रम वृद्धि भइ ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – रचनात्मक काम सुरु गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यता रहनेछ । सहयोगीजन भेटिनेछन् भने रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला । बौद्धिक जमातलाई आकर्षित गर्ने खालको कार्य सम्पादन गर्न सकिनेछ । तथापि, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । यात्रागत कार्य सफल बन्नेछ ।
कन्या – व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, तथापि जटिल काम सम्पादन हुनाले उत्साह बढ्ला । नियमित व्यवसायबाट विशेष फाइदा उठाउन सकिने योग छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन गर्न अभिप्रेरणा मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार्ने अवसर जुर्ला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।
तुला – व्यवहार र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । ठूलाबडाको सहयोगले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । लगानी उठ्ने तथा आयवृद्धिको सम्भावना छ । साहसिक कार्यमा आकर्षण रहला ।
वृश्चिक – आजको दिन परिवारमा असमझदारी बढ्नसक्ने योग रहेपनि शरीरमा उत्साह र उमङ्ग जागृत हुनेछ । नियमित काममा फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित रहला । मेहनतले सम्मानित स्थान दिलाउने योग छ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । योजना गुप्त राखेर अघि बढ्नु हितकर हुनेछ ।
धनु – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने तथा कामले धेरैको मन लोभ्याउन सकिने समय छ । तर, आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । चोरी वा ठगीमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर – दौडधुप वृद्धि भएपनि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहला ।
कुम्भ – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आजको दिन सहयोगीहरूले साथ दिनेछन् र, काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । टाढिएका आफन्तहरू नजिकिनेछन् दाम्पत्यसुख बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । आजको दिन अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो