इटहरी । नेपालका हरेक परिवर्तनमा सकारात्मक भुमिका खेल्दै आएका भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । यचुरीको निमोनिया र श्वासनलीको संक्रमणका कारण बिहीबार ७२ वर्षको उमेरमा निधन भएको हो । दुई ठूला पार्टी कांग्रेस आई र भारतीय जनता पार्टीको दबदबा भएको भारतमा येचुरीले सानो कम्युनिस्ट पार्टीबाट करिब आधा शताब्दीसम्म सक्रिय राजनीति गरे ।
भारतमा कम्युनिस्ट पार्टी भन्नाले धेरैले नक्सल आन्दोलनबाट विकसित भएको सशस्त्र संघर्षरत माओवादी पार्टीलाई बुझ्छन् । तर येचुरी कठोर कम्युनिस्ट सिद्धान्तवादी र कट्टरपन्थी कम्युनिस्ट थिएनन् । अर्थात् परम्परागत कट्टर कम्युनिस्टको परिभाषाभित्र उनी पर्दैनथे ।
येचुरीलाई भारतीय राजनीतिमा मिलनसार नेता र लोकतन्त्रवादी कम्युनिस्टका रूपमा चिनिन्छ । उनी नेपालका समेत घनिष्ट मित्र थिए । उनले नेपालमा सशस्त्र संघर्षरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए भने जनआन्दोलनका समयमा भारतमा सोलिडारिटी ग्रुप बनाएर नेपालको निरंकुशताविरोधी आन्दोलनलाई सहयोग गरेका थिए । यसका साथै उनले नेपालमा संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध गरेका थिए । २०७२ सालमा नेपालमा संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गरेपछि येचुरीले भारतीय संसदमा समेत विरोध जनाएका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो