अरुण गाउँपालिकाको पहलमा संखुवासभा र भोजपुरको कुडुले घाटमा बन्ने भयो मोटरेवल पक्की पुल बन्ने तयारी

फाष्ट मिडिया नेपाल संवाददाता

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले संखुवासभा र भोजपुरको बीच कुडुले घाटमा पक्की पुल बनाउने भएको छ । गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, नि.प्र.प्र.अ. शालिकराम लुइटेल, वडा नं. १ का वडाध्यक्ष रामकुमार तामाङ, वडा नं. २ का वडाध्यक्ष, इन्द्र बहादुर पुलामी, गाउँपालिकाका प्रविधिक कर्मचारीहरु, स्थानीयवासी तथा सडक विभाग तुम्लिङटारका प्रविधिकहरुको उपस्थितिमा अरुण नदीको कुडुले घाटमा गाडी चल्ने पक्की पुलका लागि डिपिआरको लागत इस्टिमेटको काम भएपछि सो पुल बन्ने पक्का भएको हो । उक्त पक्की पुल निर्माणका लागि अरुण गाउँपालिका, वडा कार्यालय, मध्यपहाडी पूर्व पश्चिम राजमार्ग नागरिक निर्माण समिति, माननीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती, माननीय दिपक खड्कालगायतको पहल र प्रयासमा  भएको गाउँपालिकाले जनाएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया