फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । लघुवित्त संस्थाहरुले गरिब जनताको आर्थिक, सामाजिक रुपान्तरण गर्ने भनेर शोषण गरेको आरोप लागेको छ ।
तालिम नदिने, व्यक्तिगत बिमा बनाउने र आर्थिक, मानसिक, सामाजिक शोषण गरेको आरोप लघुवित्त विरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लगाएका हुन ।
केन्द्रीय समितिले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेलालाई सम्वोधन गर्दै अध्यक्ष ज्ञवालीले गरीव वर्गलाई लक्षित गरेर आर्थिक, सामाजिक रुपान्तरण गर्ने भनेर स्थापना गरे पनि लघुवित्तले हजारौ दिदिवहीनीहरुलाई आर्थीक, मानसीक, समाजीक यातना दिएर घरवार उजाड वनाई दिएको बताए । लघुवित्तकै कारण विदेशिनु परेको, आत्मा हत्याको बाटो रोज्न बाध्य बनाएको आरोप लगाउँदै त्यसैको न्यायको लागि संघर्ष समिति बनाउनु परेको अध्यक्ष ज्ञवालीले जानकारी गराए ।
संघर्ष समितिले २०७८ माघ ०१ देखी आमरण अनशन सहितको अठार महिने आन्दोलन गरिरहँदा वार्ता सरकारको टेवलसम्म पुगेको तर सरकारले ऋण मिनाहा सहित हाम्रो माग पुरा नगरे मंसीर पाँच गते देखी देशभरका पिडीतद्धारा आन्दोलन गरिरहने अध्यक्ष ज्ञवालीले बताए ।
प्रदेश स्तरीय भेलामा संर्घष समितिको केन्द्रय उपाध्यक्ष सशिला थापा, सचिव रमेश तामाङ, झापा जिल्ला अध्यक्ष तथा कोशी प्रदेश संयोजक लुजा राई, कोशी प्रदेश विशेष समिति संयोजक दिलीप मगर लगायतले लघुवित्तले गरेको शोषणको विरुद्धमा वोलेका थिए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो