दमक । सिटिईभिटीको शाखाको रुपमा सञ्चालित दमक बहुप्राविधिक शिक्षालयले २०७८ सालमा भर्ना भएका विद्यार्थीको भविष्यमाथि खेलवार्ड गरेको छ ।
स्नातक तह अध्ययन गरी पासआउट ३८ विद्यार्थीलाई दोस्रो सेमिस्टरको फि नबुझाएको भन्दै अध्ययन सम्पन्न भईसकेपछि पनि चारित्रिक प्रमाणपत्र ९क्यारेक्टर सर्टिफिकट० नदिएको विषयमा सुप्रिया कार्की, रेष्मा गड्तौला, मनिषा दंगाल, पुष्पा निरौला, सगर बराललगायतका विद्यार्थीले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
छैठौं सेमिष्टरसम्म नियमित शुल्क बुझाएर अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई दोस्रो सेमिष्टरको शुल्क बुझाएको नदेखिएको भन्दै भर्खरै नियुक्ति भएका प्रिन्पिसल ई।दुःखी मोचीले विद्यार्थीको चारित्रिक प्रमाणपत्र ९क्यारेक्टर सर्टिफिकेट० दिन नमानेपछि विद्यार्थीले नगरपालिकाको ध्यानाकर्षण गराएको बताएका छन् । तर विद्यार्थीहरुले कुनै पनि सेमिस्टरको फि बाँकी नरहेको र दोस्रो सेमिस्टरको फि तत्कालिन लेखा कर्मचारी आकाश सापकोटालाई नगद बुझाएको र भरे, भोलि, पर्सी गर्दै फि तिरेको प्रमाण नदिएको र त्यो कारणले कसैको पढाई नरोकिने भन्दै आश्वासन दिँदै गएर छैठौ सेमिस्टर पार गरेको विद्यार्थी सुप्रियाले बताईन । उनका अुनसार तत्कालिन शिक्षालय प्रमुख ठाकुर प्रसाद भट्टराईले चारित्रिक प्रमणपत्र पाउने भनेर भनिरहेको र अन्तमा क्लियरेन्स फर्म भरेर धरौटी फिर्ता र चारित्रिक प्रमाणपत्रका लागि प्रक्रिया गर्दा गर्दै तत्कालिन शिक्षालय प्रमुख भट्टराई निवृत्त भई नयाँ शिक्षालय प्रमुखमा मोची आएको र मोचीले फि तिरेको प्रमाण नभईकन चारित्रिक प्रमाणपत्र दिन नमिल्ने भनेपछि बाध्य भई नगरपालिका आउनुपरेको तर्क विद्यार्थीको छ । चारित्रिक प्रमाणपत्र लिनका लागि शिक्षालयका ५ वटा शाखाबाट क्लियरेन्स भएको प्रमाण पेश गर्नुपर्ने र लेखा बाहेकका सबैतिरबाट हस्ताक्षर गराईसकेको र तत्कालिन शिक्षालय प्रमुख भट्टराईले समेत हस्ताक्षर गरिसकेको विषयमा अहिले दिन नमिल्ने बताईरहँदा विद्यार्थीले अध्ययन वा अन्य कामका लागि अगाडि बढ्ने बाटो नै रोकिएकोे दुःखेसो पोखे । उनीहरु मध्ये कोही इन्जिनियरिङ अध्ययन गर्न चाहिरहेका छन भने कोही बाहिर जाने तयारीमा रहेको पनि बताएका छन् । तर चारित्रप्रमाणपत्रले सबै काम रोकिएको विद्यार्थीले बताएका छन् । अध्ययनका लागि फर्म खुलिसकेको तर चारित्रिकले अड्किएर फर्म भर्न नसकेको रेष्मा गड्तौलाले बताईन । अहिले तत्कालिन प्रमुख अवकास भएको र तत्कालिन लेखा कर्मचारी सापकोटा पनि नेपाल छोडेर बाहिर गएको भनि विद्यार्थीले पाउनुपर्ने चारित्रिक प्रमाणपत्रमा शिक्षालयले खेलवार्ड गरेको उनीहरुको आरोप छ । तत्कालिन लेखा कर्मचारीले नगदै फि बुझाउने भनेपछि पहिलो सेमिस्टरको फि बैंक खाताबाट बुझाए पनि दोस्रो सेमिष्टरको फि भने सबै विद्यार्थीले नगद नै दिएको बताए । सोही नगद कारोबार गरेको सेमिष्टरमा विद्यार्थी फि तिरेको शिक्षालयमा कुनै रेकर्ड समेतन भेटिए पछि चारित्रिक प्रमाणपत्र दिन नमिल्ने वर्तमान प्रमुख मोची बताइरहेको विद्यार्थी सुनाउँछन् ।
यस विषयमा शिक्षालय प्रमुख मोचीसँग कुरा राख्दा उनले कुनै पनि रेकर्ड नभएको कारणले विद्यार्थीको चारित्रिक प्रमाणपत्र दिन नसकिएको बताए । उनका अनुसार तत्कालिन लेखा कर्मचारी विद्यार्थी त्यो रकमसहित अन्य रकमसमेतको दुरुपयोग गरेर सम्पर्क विहिन भएको समेत बताएका छन् । उनका अनुसार यो विषयमा विद्यार्थी गलत नभएको तर तत्कालिन प्रशासनले नै गलत गरेको उनको बुझाई छ । विद्यार्थीको भविष्यप्रतिको चिन्ता चासोकै कारण शिक्षालयले शिक्षालयको २०७६ देखिको हरहिसाब, विद्यार्थीले शुल्क तिरेको रकर्ड नभएको, लेखापरीक्षण प्रतिवेदन ९महालेखा प्रतिवेदन०मा अल्या रकम एकिन नभएको कारण विद्यार्थी चारित्रिक प्रमाणपत्र र फिर्ता हुने धरौटी रकम रोकिई शिक्षालय सञ्चालनमा असहज भएको र विद्यार्थीको चारित्रिक प्रमाणपत्र र धरौटी रकम फिर्ता गरिदिन भन्ने व्यहोराको पत्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिष्द सानोठिमी, भक्तपुरलाई पठाउँदा पनि अहिलेसम्म समस्यामा चासो नदिएको मोचीको भनाई छ । सोही विषयमा दमक नगरपालिकाले एक्सन लिएको छ । ३ दर्जन बढी विद्यार्थीको भविष्यमाथि खेलवार्ड गरेको भन्दै नगरपालिका नगरप्रमुख रामुकमार थापाले समस्या समाधानका लागि ७ दिनको अल्टिमेटमसहितको पत्र उक्त शिक्षालयलाई बुझाएको बताएका छन् । सो पत्रसँगै विद्यार्थीले बुझाएको ध्यानाकर्षणपत्रसमेत संलग्न गरिएको नगरप्रमुख थापाले बताए ।
सबै सेमिष्टरको रकम बुझाएर पनि विद्यार्थीहरु चारित्रिक प्रमाणपत्र पाउनबाट बञ्चित रहेको भन्ने बुझिएकोले र तत्कालिन लेखा कर्मचारी आकास सापकोटछाले रकम बुझी विल भरपाई नदिएको र तत्कालिन शिक्षालय प्रमुख भट्टराई ले चारित्र प्रमणपत्र प्राप्त हुने आशवासन दिनु भएको र हाल उहाँको सेवा निवृत्त भईसक्नु भएको र हालको शिक्षालय प्रमुखसँग समस्या राख्दा बील नभएका कारणले चारित्रिक प्रमाणपत्र दिन नसकिएको भन्ने भनाईबाट उक्त समस्यामा नगरपालिकाको ध्यानाकर्षण भई समस्या समाधानका निम्ति ७ दिनको अल्टिमेटम दिइएको पत्रमा उल्लेख छ । थापाका अनुसार उक्त पत्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी, भक्तपुर, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कोशी प्रदेशको कार्यालय इटहरी र सम्बन्धित विद्यार्थीहरुलाई बोधार्थ दिइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो