नेपाली इन्जिनियर विद्यार्थीले बंगलादेशमा पाएको सुनौलो अवसर नेपाल र नेपालीका लागि प्रेरणादायी

फाष्ट मिडिया नेपाल संवाददाता

एउटा सामान्य तर शिक्षित परिवारमा जन्मेका इन्जिनियर समिउर रहमान साहिल यतिखेर बंगलादेशको सिभिल इन्जिनियरिङमा मास्टर्स गरिरहेका छन् । उनी त्यहाँ पढ्ने काम मात्र गरिरहेका छैनन नेपाली विद्यार्थीको पहिचान समेत दिइरहेका छन् । एउटा नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय फोरममा उभिएर नेपालीपन, नेपालीमनबाट मन्तव्य दिँदाको क्षण हर नेपालीका लागि गर्भिलो बन्ने गर्दछ । यस्तै गर्भिलो काम ति युवा समिउरले गरेका छन् । हजारौं विद्यार्थीको भिडबाट नेपाली विद्यार्थीको प्रेरणाको स्रोत बन्दै बंगलाद ेशको ुखल्ला युनिभर्सिटी अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीको विशेष उत्सवमय समारोहमा उपकुलपति र प्रो.उपकुलपतिको उपस्थितिमा स्वागत मन्तव्य राख्ने सुअवसर प्राप्त गरेका छन् । उनलाई सो स्वागत मन्तव्यपछि कुलपति तथा उपकुलपति नेपालको भविष्यवेत्ताको रुपमा चित्रित गरेका थिए । त्यसो त समिउर रहमान बुबाको सृष्टि सुनसरी दुहवीस्थित माउन्ट एभरेष्ट बोर्डिङ तथा कलेज सञ्चालन अनुभव र विद्यार्थीलाई प्रेरणादायी मन्तव्य धेरै दिएर अनुभव प्राप्त व्यक्ति पनि हुन । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया