सौर्य एयरलाइन्सको विमान दुर्घटना हुदाँ १८ जनाको निधन, एयरलाइन्स व्यवस्थापन समूहका ५ जना मध्ये ४ जनाको निधन

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् । बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले रातोपाटीलाई बताए ।

Tata
Futuressoft
Folliderm

पोखरा उडेको विमानमा एयरलाइन्सको व्यवस्थापन समूहका ५ जना सवार थिए । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य  र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा विमानमा सवार थिए ।

Nabil bank

विमान क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । विमानमा सवारमध्ये व्यवस्थापन समूहका ४ जनाको मृत्यु भएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।

विमानमा सवार १८ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले बताए । विमानका को पाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ । शव पोस्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको डीआईजी कार्कीले बताए ।

विमानमा अमित मान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया