दयाराम कटेल
इटहरी । सुनसरीको इटहरी स्थित पूर्वाञ्चल क्षेत्रीय शसस्त्र प्रहरी मुख्यालयमा इटहरी नमूना कलेजको समाजकार्य विभागका विद्यार्थी बीच अंतरक्रिया कार्यक्रम सम्पन्न भएको छ। युवा सशक्तिकरण समूहको समन्वय र सहकार्यमा विद्यार्थी र शसस्त्र प्रहरी नायव मानिरीक्षक अञ्जनी कुमार पोखरेलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया विशेष गरी शसस्त्र प्रहरीले के कस्ता कार्य गर्छन्, चुनौतीहरु कस्ता आउँछन्, चुनौतीको सामना कसरी गरिन्छ लगायत हालको समयमा भएका अनैतिक क्रियाकलाप बारे रहेको थियो।
शसस्त्र प्रहरी नायव मानिरीक्षक पोखरेलले विद्यार्थीका जिज्ञासालाई प्रष्ट परेका थिए। पोखरेलले सिमित श्रोत साधनका बावजुत विभिन्न जोखिमका कार्यहरू गर्नु पर्ने बताएका छन्। उनले शसस्त्र प्रहरीले विशेष गरी सिमाना सुरक्षा, विपद व्यवस्थापन साथै लागू औषध नियन्त्रण तथा तस्करी नियन्त्रणमा विशेष भूमिका रहने जानकारी दिएका छन्। उनले इच्छुक विद्यार्थीलाई सो सिमाना सुरक्षा, विपद व्यवस्थापन तथा नियन्त्रण लगायतका क्षेत्रमा सहभागी गराई तालिम पनि उपलब्ध गराउने जानकारी दिएका छन्।
सो अन्तरक्रिया पश्चात विद्यार्थीहरु विपद व्यवस्थापनमा आवश्यक पर्ने सामग्रीको अवलोकन गरेका थिए।
उक्त अन्तरक्रिया कार्यक्रममा बिष बढी विद्यार्थी सहभागी भएका थिए। विद्यार्थी सहजिकरण इटहरी नमूना कलेजले गरेको थियो। इटहरी नमूना कलेज इटहरीमै उम्दो इतिहास बोकेको कलेज हो जसले विद्यार्थी हरुलाई दैनिक रूपमा समाजसँग जोडिने कार्यहरूमा प्रथम प्राथमिकता दिँदै आएको छ। लामो इतिहास बोकेको नमूना कलेज आफ्नो शैक्षिक गुणस्तरका कारण कोशी प्रदेशमै प्रख्यात रहेको छ। यसले युवा विद्यार्थीलाई आकर्षण गर्न प्रमुख भूमिका खेलेको छ। यसलाई अझ प्रभावकारी बनाउन यस्ता अतिरिक्त कार्यक्रममा बढी जोड दिएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो