जेनजी आन्दोलनमा निजी तथा सरकारी संरचना विध्वस गर्नेको प्रमाण पठाउन इटहरी डिएसपी हमालको आग्रह

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वसमा सामेल हुनेहरुको पहिचानका लागि आवश्यक प्रमाणपठाउन इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी सुवास हमालले आग्रह गरेका छन् । भर्खरै सरुवा भई आएका डीएसपी हमालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने, भत्काउने र लुटपाट गर्नेको फोटो वा भिडियो उपलब्ध गराउन आग्रह गरेका हुन । 

उनले ह्वाट्सएप, भाइबर वा इमेलमार्फत प्रमाण पठाउन आग्रह गर्दै, प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान गोप्य राखिने बताए।

‘जो–जो विध्वंस कार्यमा संलग्न थिए, उनीहरूलाई कारबाही गर्ने कुरामा दुईमत छैन,’ डीएसपी हमालले भने, ‘सरकारी कार्यालय मात्र होइन, निजी सम्पत्तिमा आगजनी गर्नेलाई पनि कानुनको दायरामा ल्याइन्छ।’

उनले दोषीलाई कानुनको दायरामा ल्याउने बताए।

उनले शान्ति–सुरक्षामा स्थानीयवासीको साथ अपरिहार्य रहेको उल्लेख गर्दै गस्तीमा समेत जनसहभागिता बढिरहेको बताए। डाइस खेलाउनेलाई नियन्त्रणमा लिने, सूचना दिने प्रणालीलाई सक्रिय बनाउने र प्रहरी सिभिल पोशाकमै निस्कने योजनाबारे पनि जानकारी गराए।

हाल इलाका प्रहरी कार्यालय इटहरी तरहराबाट सेवा दिइरहेको छ। इटहरी मातहत १६१ प्रहरीको दरबन्दी छ भने तरहरामा दुई, खनार र बालग्राममा अस्थायी प्रहरी चौकी छन्।

यस्तै, तालतलैया, हवाईचोक, पूर्वी गैसार, हलगढा, जनताबस्ती, पुष्पलाल चौक, बूढी खोला र शान्तिझोडामा अस्थायी चौकी छन्। कतिपय ठाउँमा सिआरभी प्रहरी बिट पनि परिचालनमा रहेको छ।

पकलीस्थित इलाका प्रहरी कार्यालयले वडा नं। १५, १६, १७ र १८ को शान्ति–सुरक्षा हेर्ने जिम्मेवारी लिएको छ। डीएसपी हमालले प्रहरीको मनोबल बढ्दै गएको बताउँदै इलाका प्रहरी कार्यालय कहाँ राख्दा उपयुक्त हुन्छ भन्नेबारे स्थानीयसँग सल्लाहसमेत माग गरेका छन्।

उनले स्थानीयवासीले गस्ती पनि गरिराखेको र शान्ति, सुरक्षाका लागि स्थानीयवासीको साथ आवश्यक पर्ने बताए ।

सुरक्षााको प्रत्याभूति दिलाउने प्रतिबद्धता दिलाउँदै उनले डाइस खेलाउनेलाई नियन्त्रणमा लिइने र सूचना दिनुपर्ने बताए ।

प्रहरी सिभिलमा निस्किने बताउँदै भने, ‘हामी एक कदम हटेको मात्रै हो, फन्ट लाइनमा आएर सुरक्षा दिन्छौँ ।’

अहिले प्रहरी चौकी तरहराबाट सेवा दिइरहेको उनले उदृत गरे । प्रहरीको मन जलेको र विस्तारै उठ्ने क्रममा रहेको उनको भनाइ छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया