दमक हिमाविका अप्सना र निर्मितलाई प्रिन्स एण्ड प्रिन्सेसको उपाधि

फाष्ट मिडिया नेपाल संवाददाता

दमक÷हिमालय माध्यमिक विद्यालय (हिमावि) दमकका निर्मित प्याकुरेल र सोही विद्यालयकी अप्सना बस्नेतले ‘ इन्टरस्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल २०२५’ को उपाधि जितेका छन् ।

किंग्स नेपाल क्रियसन कम्पन्नीले दमकको कन्काई पार्टी प्यालेसमा आयोजना गरेको इन्टरस्कूल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन सिजन ३ को ग्राण्डफिनालेमा इन्टरस्कूल प्रिन्सको उपाधितर्फ निर्मित र प्रिन्सेस मोडल  आइकनतर्फ अप्सनाले उपाधि जितेकी हुन् । उपाधिसंगै आइकनको प्रिन्सतर्फ विजेतालाई २५ हजार , प्रिन्सेसतर्फ ५० हजार नगद पाए ।

प्रतियोगितामा झापा र इलामका एक दर्जन बढी विद्यालयका ६५ प्रतियोगीले भाग लिएका थिए । जसमध्ये २१ जना फाइनल राउण्डमा पुगेका थिए ।

इन्टरस्कूल प्रिन्सेसतर्फ फ्रष्टरनरअप दुधेस्थित ध्रुवतारा रेसिडेन्सियल सेकन्डरी स्कुलकी कुसुम खनाल र केर्खास्थित निहारिका इङ्लिश बोर्डिङ स्कुलकी निरजला सुवेदी सेकेण्ड रनरअप बनिन् । फ्रष्टरनरअप भएकीले २० हजार र सेकेण्डरनर अप वनेकी प्रतियोगिलाई १५ हजार प्रदान गरिएको थियो ।

मोडलिङ क्षेत्रमा विशेष पहिचान बनाएकी दुधेस्थित ध्रुवतारा रेसिडेन्सियल सेकन्डरी स्कूलकी शिखा भट्टराईले ‘मिस टप सुपर मोडल २०२५’ को अवार्ड प्राप्त गरिन् । यसैगरी, टीन स्टारको उपाधि मदर एजुकेशन फाउण्डेशनकी बेगिना सेढाई र लिटल स्टारको उपाधि दमकको सूर्योदय इङ्लिश सेकन्डरी स्कुलकी लुङ्मा देवानले जितिन् ।

यसैगरी, प्रतिभा पुरस्कार विजेता बनेकी केर्खास्थित निहारिका इङ्लिस बोर्डिङ स्कुलकी लिजा लिम्बू , फ्रष्टरनरअप कुसुम खनाल र सेकेण्डरनर अप प्रदेशिका राई बन्न सफल भईन् ।

कार्यक्रमका आयोजकहरूले विशेष रोजाइमा राखेका दुई सहभागिहरू मुनाकुमारी घिमिरे (पशुपति एकेडेमी इङ्लिश स्कूल, झिलझिले) र स्मारिका लावती लिम्बू (जनता माध्यमिक बिद्यालय चुलाचुली इलाम) लाई सम्मान गरिएको थियो ।

 फोटोजेनिक अवार्ड निरजला सुवेदी,मल्टिमिडिया अवार्डतर्फ तुमिना मगर (निहारिका इङ्लिस बोर्डिङ स्कुल, केरखा झापा), मल्टिमिडिया (पुरुष) तर्फ विक्टरजंग कार्कीले उपाधि पाए भने सामाजिक मल्टिमिडिया पुरस्कार आकृति बिष्टले प्राप्त गरिन् ।

निर्णायक मण्डलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेजेन्ट निर्देशक राम केसी, फेसन डिजाइनरहरू नविन लुइटेल र विवश राई, साथै मिस स्टेट १ विजेता स्वेता भुजेल रहेका थिए । आइकनका सवै विषयगत बिजेताहरुलाई समेत आर्कषक गिफ्ट हयाम्पर प्रदान गरिएको थियो ।

बालबालिकाहरुको कला तथा व्यक्तित्व अभिबृद्धिमा टेवा पुरयाँउने उद्देश्यले यस कम्पन्नीले यसअघि दुई वटा आइकन गरिसकेको र आगामी वर्षमा समेत यसलाई निरन्तरता दिदै लैजाने कम्पन्नीका सञ्चालक कृष्ण साहले बताए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया