प्रदेशसभा जस्तो गरिमामय थलोमा असहमति व्यक्त गर्ने वैधानिक माध्यमहरू हुँदाहुँदै पनि उत्तेजित व्यवहार देखिनु संसदीय मर्यादाका दृष्टिले उचित मानिँदैन। पूर्वमुख्यमन्त्री जस्तो जिम्मेवार पद सम्हालिसकेको व्यक्तिबाट यस्तो व्यवहार देखिनु अझ बढी संवेदनशील विषय हो, जसले राजनीतिक संस्कार र संसदीय अभ्यासबारे प्रश्न उठाउँछ।कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने आफूले गरेको प्रतिक्रिया स्वाभाविक र परिस्थितिजन्य भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रतिपक्षलाई बोल्न नदिइएको र नियमसंगत ढंगले सभा सञ्चालन नभएको आरोप लगाउँदै आफू प्रतिवादमा उत्रिन बाध्य भएको स्पष्ट पारेका छन्।हिजो प्रदेशसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समय नछुट्याइएको भन्दै असन्तुष्ट बनेका राई सीटबाट उठेर रोष्ट्रमतर्फ गएका थिए। त्यसक्रममा उनी माइक समात्ने र अवरोध गर्ने अवस्थासम्म पुगेपछि मर्यादा पालक सुरक्षाकर्मीलाई स्थिति नियन्त्रण गर्न कठिनाइ भएको थियो।सभामुखले समय सीमा तोकेको विषयमा असन्तुष्टि जनाउँदै राईले पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतलाई समेत ध्यानमा राखेर परम्परागत अभ्यासअनुसार पर्याप्त समय दिनुपर्ने तर्क गरेका छन्। उनले विगतमा भएको सहमति र अभ्यास विपरीत यसपटक समय सीमित गरिएको भन्दै असन्तुष्टि दोहोर्याएका छन्।यस घटनापछि कोशी प्रदेशसभामा देखिएको तनाव अझै पूर्ण रूपमा साम्य भइसकेको छैन। नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गर्न नदिएको भन्दै प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएका छन्, जसले प्रदेशसभाको कार्य सञ्चालन प्रभावित भएको छ।
खगेन्द्र कार्की
१४ जेठ २०८३, बिहिबार ०७:२८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो