दमक । पछिल्लो समयमा दमक नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकता दिँदै गुणस्तरीय स्वास्थ्यका लागि स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउने अभियान जारी रहेको छ । सोही क्रममा दमक नगरपालिका वडा नं. ९ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. सञ्जिव कुमार शर्माको प्रमुख आतिथ्यता तथा दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापा र उपप्रमुख रेगिना भट्टराई (प्रसाई)को विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ९ का वडाअध्यक्ष कुवेर प्रसाद भट्टराईसहित जनप्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका पदाधिकारी, महिला स्वयंसेविका, विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न स्वास्थ्य संस्थाका चिकित्सकहरु, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिसहित समाजका सामाजिक अभियन्ता तथा बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो