विश्व मानव बेचबिखन विरुद्ध दिवसका अवसरमा इटहरीमा सचेतनामूलक कार्यक्रम
इटहरी । विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चौक क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
माइती नेपाल, जिल्ला पहिचान सञ्जाल मोरङ,आफन्त नेपाल,तथा विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा सर्वसाधारणलाई मानव बेचबिखनका जोखिम, सुरक्षित वैदेशिक रोजगारी, झुटा प्रलोभनबाट बच्ने उपाय तथा ओसारपसार नियन्त्रण सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम अन्तर्गत सचेतनामूलक ब्रोसर तथा पम्प्लेट वितरण गरिनुका साथै नागरिकको सहभागितामा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो। हस्ताक्षर अभियानमार्फत मानव बेचबिखनविरुद्ध सबैको साझा प्रतिबद्धता व्यक्त गरिएको माइती नेपाल सुनसरीका कार्यक्रम संयाेजक सुनिता कार्कीले जानकारी दिएकिछिन ।
साथै पहिला पहिला महिला र बालिकालाई देह ब्यापारमा लगाइनु अथबा काेठिहरुमा बेचिनु याैन साेषण गरिनु लाई बेचिनु भनिन्थ्यो भने यतिबेला महिला,बालबालिका ,युवालाई बैदेसिक राेजगारमा बढि श्रम साेसण,याैन साेसण,जाेखिम पुर्ण काम लगाउनु लाई पनि बेचबिखन भनिने पनि संयाेजक कार्कीले जानकारी गराईन ।
कार्यक्रममा स्थानीयवासी, सामाजिक अभियन्ता, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव बेचबिखन अन्त्यका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
विश्व मानव बेचबिखन विरुद्ध दिवस हरेक वर्ष जुलाई ३० मा मनाइन्छ। मानव बेचबिखनबाट मुक्त समाज निर्माणका लागि सबै पक्षको सहकार्य, सचेतना र प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक रहेको वक्ताहरूले बताएका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो