कतार । गत शुक्रबार मिनि नेपाल भनेर चिनिएको कतारका श्रम गरिरहेका नेपाली भोजपुर सेवा समाजको कब्जामा रहे । कब्जा यसअर्थमा रहे कि भोजपुर सेवा समाज कतारले त्यो दिन आयोजना गरेको कार्यक्रम छोडेर हिंडन सक्ने आँट कसैमा देखिएन । कतारका विभिन्न सामाजिक संस्था तथा सामाजिक व्यक्तित्वहरुलाई त्यो दिन वेलफेयर रेष्टुरेन्टको सभाहलमा बस्न कार्यक्रमले आकर्षित ग¥र्यो । नारामै सामाजिक उत्थानको परिकल्पना गरेको संस्थाको उद्देश्य र लक्ष्य भनेको सामाजिक भावनाबाटै अभिप्रेरित हुने हुँदा त्यस दिन गरिएको कार्यक्रम त्यो ट्रयाक भन्दा बाहिर थिएन र गएन । अंग्रेजी सम्बत फेरिएकोमा शुभकामना एकातिर थियो भने अर्कोतिर अनाथ बालबालिकाको सहयोगार्थ भाग्यशाली चिठ्ठा खोलिने र विभिन्न व्यक्तिलाई तोकिएको पुरस्कार दिने थियो । त्यो चिठ्ठाबाट बाँकी रहेको रकम नै अनाथ बालबालिकाको हितमा लगाउने उद्देश्य पुण्यको कार्यक्रमको थियो त्यो । त्यो त त्यहाँ कतारमा रहेका नेपालीले गरेको कार्यक्रमको झलक मात्र थिएन राष्ट्र र राष्ट्रियतासँग जोडिएका तमाम विषयले भातृभूमि प्रतिको मोह मुखरित गरेको थियो । भन्ने गरिन्छ राष्ट्रियता बुझ्नका निम्ति देश छोड्नुपर्छ त्यही अवस्थाको उजागर पनि त्यहाँ भएको थियो। कला, संस्कृति, भुषभुषा, संस्कार अनेकन विषयले नेपालको झझल्को दिएको थियो ।
त्यसो त त्यो कार्यक्रम त्यतिमै सीमित थिएन त्यहाँ साहित्यिक सर्जकहरुको भावना मुखरित थिए, सांगीतिक प्रस्तुतिले विभिन्न गायकगायिका स्वरसँग झुम्नेहरु हलैभरि देखिन्थे । कतारमा रहेका संघसंस्था, संस्थाभित्रकै पदाधिकारी, सदस्य, शुभेच्छुक तथा शुभचिन्तक अनि सामाजिक व्यक्तिहरुलाई जोड्ने आधार पनि बनेको थियो त्यो कार्यक्रम । मानवियि सेवासँगै सामाजिक सद्भाव कायम गर्नु संस्थाको मुख्य उद्देश्य थियो । उक्त दिनको कार्यक्रमबाट कतारमा रहेका दर्जनौं संघसंस्थाका पदाधिकारीले निकै खुलेरै प्रशंसासमेत गरेका थिए ।
सन् २००० अगाडि देखि कतारमा रहेका भोजपुरेहरुले बनाएको इतिहास मेटिएपछि २०१३ मा फेरी जन्मभूमिसँग जोड्ने र त्यो संस्थामार्फत गरिने सामाजिक अभियानलाई निरन्रतता प्रदान गर्दै यो अवस्थामा पुगेको संस्थाप्रतिको हेराई, दृष्टिकोण बदलिएको उक्त कार्यक्रममा बोल्नेहरुबाट भएको प्रशंसाले प्रष्ट झल्काउन्थ्यो । तिनै ऐतिहासिक पृष्ठभूमिमा टेकेर भोजपुर सेवा समाज कतारले बृहत कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रम २०२६ लागेको दोस्रो दिन परेको थियो । उक्त कार्यक्रममा गोजीमा हात राखेर आतिथ्यताका लागि सामाजिक संघसंस्था पुगेका थिएनन कार्यक्रमलाई भव्यता प्रदान गर्न कोसेलीसमेत लिएर पुगेका थिए । संस्थाका अध्यक्ष महेन्द्र कार्कीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा धनकुटा सेवा समाजले कोसेली लिएर कार्यक्रमस्थल पुगेको अध्यक्ष कार्की स्वयंले बताएका छन् ।
कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै– प्रवासमा रहेर पनि सामाजिक सेवामार्फत मातृभूमिप्रतिको दायित्व निर्वाह गरिरहेको भोजपुर सेवा समाज कतारको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले सामाजिक एकता, आपसी सद्भाव र मानवीय सेवाको भावना थप मजबुत बनाउने उल्लेख गरे ।
कार्यक्रममा अनेसास नवोदित साहित्यिक वाचनालयका साहित्यकारहरूले दमदार साहित्यिक बाचन प्रस्तुत गरेका थिए । गजलकार प्रदीप दाहाल र यादव रेग्मीको गजल बाचनले सभाहलभरि “वाह–वाह“ को माहोल सिर्जना गरेको थियो भने कवि सिताराम थापा र रोजिना भट्टराईले सुनाएका मार्मिक कविताले उपस्थित दर्शक श्रोताहरूलाई भावुक बनाउँदै धेरैको आँखा रसाएको देखिन्थ्यो ।
सांस्कृतिक कार्यक्रममा अतिथि कलाकारहरूका रूपमा गायिका गुना मगर, गायक नारायण देवकोटा, रस्मी सेन्चुरी, कलाकार खड्ग बस्नेत, नृत्याङ्गन ईश्वरी केशी भण्डारी, सिर्जना नेपाल, मिलन खत्री, भीम कार्की, ईश्वरी बस्नेत, सजिना बस्नेत, शौरभ आचार्य र इश्वरी कार्की लगायतका कलाकारहरूले आ–आफ्ना उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप रौनक प्रदान गरेका थिए भने भोजपुरे कलाकार मिलन खत्री ले झण्डै आधा दर्जन गीतमा सबैलाई नचाएका थिए ।
कार्यक्रमको आकर्षणका रूपमा भाग्यशाली चिठ्ठा कार्यक्रम समेत सञ्चालन गरिएको थियो । भाग्यशाली चिठ्ठामार्फत प्रथम पुरस्कारस्वरूप ल्यापटप, द्वितीय पुरस्कार टेलिभिजन, तृतीय पुरस्कार मोबाइल फोन प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कारस्वरूप चार जना भाग्यशाली विजेतालाई स्मार्ट वाच प्रदान गरिएको थियो । भाग्यशाली चिठ्ठाले कार्यक्रममा सहभागीहरूको उत्साह थपेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो