इटहरी उपमहानगरपालिका वडा नं ६ स्थित नेशनल गल्लीको चिया चौतारीमा आवाज कला संगीत नेपाल संस्थाले पत्रकार सम्मेलन गरी संस्था अधिकारी रूपमा सुनसरीमा दर्ता भई सांगीतिक क्षेत्रमा कार्य गर्ने भएको छ।
इटहरी लाई सांगीतिक आयम बाट चिनाउने माध्यम बनाउन यो संस्था दर्ता गरिएको आवाज कला संगीत नेपालका प्रतिनिधि हरी आचार्यले जानकारी दिएका छन्। उनले पत्रकार समेलान विशेष गरी संस्था को परिचय साथै नेपाली हरूको चाड दसैं, तिहार तथा छठ पर्वको शुभकामना पनि दिन आयोजना गरिएको बताएका छन्।
यस्तै आवाज कला संगीत नेपालका अध्यक्ष चारीजनम घिमिरेले यो संस्था दर्ता न हुँदा पनि विभिन्न कार्यक्रम गर्दै आएकोमा दर्ता भए पश्चात अझ सशक्त भएर सामाजिक कार्य गर्ने जानकारी दिएका छन्। यस संस्था बाट कला, संगीत कक्षा सञ्चालन गर्दै असहाय, आय आर्जन कमजोर भएका मानिहरूलाई, आश्रम लगायतलाई सहयोग गर्ने बताएका छन्।
सात जनाको सहयोगी समुहको सहकार्यमा यो संस्था बनेको अध्यक्ष घिमिरेले जानकारी दिए। उनले आगामी दिनमा कारागार / झेलखानामा पनि सांगीतिक कन्सर्ट गर्दै असाहय कला घर निर्माण गर्ने योजना पनि बताए।
फराकिलो सोच र क्षमता लाई पहिचान गरी उत्पादनमुखी बनाउन र समाज लाई नै सहयोग पुर्याउने उदेश्य लिएको यो संस्था ले सबैको सुझाव र सहकार्यको अपेक्षा पनि राखेको छ।
२ कार्तिक २०८०, बिहिबार ११:५५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो