इटहरी । साहारा समाज इटहरीले सेवा प्रदायक निकायहरु तथा संघ संस्थाहरु सग सहकार्य गर्न समन्वय वैठक कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।
एउटा महिला सारीरीक मानसीक,भावानात्मक रुपले अर्को महीला सग प्रेम गर्छ,उसगनै जिवन विताउने सपनाहरु देख्छ जसरी एउटा महिला र पुरुषको प्रेम हुन्छ उसग विवाह गर्ने सगै जिवन विताउने सपनाहरु देख्छ त्यस्तै एउटा महिलाले अर्को महिला प्रति सपना देख्ने महिलालाई समलिङ्गी महिला अर्थात लेसवियन भनीने साहारासमाजको कार्यक्रम व्यावस्थापक सुमन लामाले जानकारी गराए ।
त्यसै गरी एउटा पुरुष अर्को पुरुष सग प्रेम गर्छ भने उसलाई गे अर्थात समलिङ्गी पुरुष भनिन्छ भने जन्मिदा वालक भएर जन्मीए पनि हुर्कने क्रममा महिला जस्तो भेषभुसा लगाउने महिला जस्तो काम गर्न रुचाउने आफुलाई समाजमा महिलाको रुपमा स्थापीत गराउन चाहाने महिलाई ट्रान्स जेन्डर महिला अर्थात पारालिङ्गी महिला भनीन्छ भने जन्मीदा महिला र हुर्कने क्रममा पुरुष जस्तो वन्ने पुरुषको भावना हुन्छ भने उनलाई पारालिङ्गी पुरुष अर्थात ट्रान्स जेन्डर पुरुष भनीने पनि सुमन लामाले जानकारी गराए ।
फरक यौनीक तथा लैङ्गिकता भएकै कारण अल्पसंख्यक समुदायको वारेमा सेवा लिन जादा के कस्तो प्रकारको समस्याहरु भोगीरहेका छन भन्ने विषयमा कार्यक्रम सहजकर्ता कविता तामाङले सहजीकरण गरेकी थिइन । मितीनी नेपालको सहयोग तथा साहारा समाजको आयोजनामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलय इटहरीका डि एस पी टेक वहादुर कार्की,इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख धनस्यान सीक्देल,इटहरी वडा नम्वर ७ को वडा सदस्य लक्ष्मी प्रसाद श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो