एजेन्सी । भारतको प्रान्त गुजरातको अहमदाबाद विमानस्थलनजिकै भारतको इतिहासमै सबैभन्दा ठूलो प्लेन दुर्घटना भएको छ ।
शुक्रबार एयर इन्डियाको जहाज दुर्घटनामा रहेका २४२ यात्रु र चालकदलमध्ये एक जनायात्रु जिवित रहेका छन् । अरु सबैको मृत्यु भएको पुष्टि भईसकेको छ । बाँचेका व्यक्ति यात्रु विश्वकुमार रमेश रहेका छन् । त्यो बाहेक उक्त जहाज एक होस्टेलको भवनमा खसेको र सो भवन समेत आगलागीबाट क्षतिग्रस्त भएको हुँदा उक्त भवनमा रहेकाहरु पनि हताहत भएको हुनसक्ने आशंका गरिएको भए पनि आधिकारिकता बाहिर आइसकेको छैन । उक्त जहाजमा परेर मृत्यु भएका परिवारलाई टाटा कम्पनीको तर्फबाट प्रति परिवार १ करोड सहयोग गर्ने बताएको छ ।
अहमदाबादबाट लन्डनका लागि उड्नेबित्तिकै दुर्घटनामा परेको एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको जानकारी दिएका हुन् । साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ ।
रतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फस्र्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
३२ जेठ २०८२, शनिवार १०:०३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो