इटहरी । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०ः४६ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
यसअघि पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो