एजेन्सी/प्रधानमन्त्रीको चर्को विरोध र देशमा अशान्ति छाएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । राजीनामा दिएसँगै देश छोडेको कुरा विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ ¥याली गरिरहेका छन् ।
आइतबारदेखि फेरि सुरु भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।
ढाकाको मोहाली क्षेत्रमा उपस्थित बीबीसी बंगलाका संवाददाताका अनुसार हजारौं मानिस पैदल र रिक्सामा शाहबागतर्फ लागेका छन् ।
यद्यपी, गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्यांकमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिानको राजीनामा माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरे । ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई दृष्टिगत गर्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी थिइन् ।
ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
उनी कहाँ गइन भन्ने बारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उहाँ ढाकाबाट हेलिकोप्टर चढेर ‘अन्यत्र’ गएकी छिन् ।
बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुसीयाली मनाइरहेको तस्बिर प्रसारण भएको छ । “म गणभवन दरबारभित्र छु,” बङ्गलादेशी पत्रकार येसिर अराफातले एएफपीसँग भनिन्, “दरबारभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने सिसाहरू तोडफोड गरिरहेका छन् । हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “छयहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्किनुभएको छ । उनले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।”
प्रधानमन्त्री हसिनाको राजिनामापछि बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले देशवासीलाई सम्बोधन गर्दै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समयमा सेना प्रमुख जमानले सोमबार सम्बोधन गर्दै सो कुराबारे जानकारी दिएका छन् ।
सम्बोधनमा बङ्गलादेशका सेना प्रमुख जामनले प्रधानमन्त्री हसिनाले राजीनामा
बंगलादेशकी..... दिएको जानकारी दिंदै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताए । “हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस्,” उनले भने । उनले आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै आजसम्म एउटा “समाधान निस्किने’’ अपेक्षा गरेको बताए । यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने स्पष्ट हुन बाँकी छ । प्रधानमन्त्री हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे । ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन् । बङ्गलादेशका सेनाप्रमुखले विगत केही सातामा सयौँ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको “न्यायको माग’’ सम्बोधन गरिने पनि बताए । उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गरेका छन् । द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरिरहेका छन् ।
यसैगरी, बिबिसी बंगला सेवाका अनुसार प्रधानमन्त्रीले देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि सँगै थिइन् । प्रधानमन्त्री हसिना हेलिकोप्टरमा भारतीय सहर अगरतला प्रस्थान गरेकी बिबिसी बंगलाले जनाएको छ । साथै रोएटर्सले सैनिक हेलिकोप्टर चढेर उहाँ र उहाँको परिवारका सदस्यहरू भारतका लागि हिँडेको जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो