नेपाली मात्र होइन विश्व नै विगत ५ वर्षदेखि विषम परिस्थितिमा गुज्रिएको छ । यही विषम परिस्थितिका बाबजुद नेपालीले नेपालका अमूल्य निधी चाडपर्व, रितिरिवाज, धर्म र संस्कृतिलाई जोगाई राखेका छन् । कोभिड–१९ को प्रकोपको सामना ग¥र्यो त्यसपछि पनि अनेकन प्रकारका महामारी हुँदै अहिले आर्थिक संकटको सामना गरिरहेका छौं । कुनै पनि परिस्थिति त्यतिकै आउँदैन त्यसले अनेकन अवयव, उतारचढाव र फाइदा बेफाइदाका प्रसँगहरु लिएर आउने गर्दछ । त्यही परिस्थितिमा हामीमाझ यतिखेर आर्थिक संकट पैदा भईरहेको अवस्थामा हाम्रा पवित्र, महान र अमूल्य निधीका रुपमा चिनिएका चाडपर्व मनाउँदैछौं । दशैंले छोपिसक्यो, तिहार आउँदैछ त्यस्तै छठ अनि नेपाल सम्बत । यति मात्र होइन उधौलीउभौली, क्रिसमस, इद, ल्होसारलगायतका पर्वहरु अब क्रमश आउँनेछन् । जसोतसो हामीले यि पर्वहरु मनाएर हाम्रा राष्ट्रका सम्पत्तिका रुपमा रहेका यस्ता अमूल्य निधीको जगेर्ना गर्ने जिम्मेवारी तपाई हाम्रै काँधमा आइपरेको छ ।
हिजो हामीसँग प्रशस्त आम्दानी हुँदा खर्च गर्ने बानी हाम्रो अलि फरक थियो तर अहिलेको आर्थिक संकटले अभावमा बाँच्न सिकाइरहेको छ । भड्किलो र खर्चालु पर्वले हाम्रा निधीहरुको संरक्षण हुँदैन र थोरै आम्दानी हुँदा पनि पर्व कसरी मनाउने भनेर यस पटकका पर्वहरुले सिकाउँदैछन् । तसर्थ आफ्नो गच्छे, अवस्था र स्थिति अनुसारको जोहो गरेर पर्वलाई बिदा गर्नुपर्ने अवस्था अहिलेको छ । वर्षदिनभरि दुःखजिलो गरेर दुई छाक आनन्दपूर्वक खान, मान्यजनबाट आशिर्वाद लिने नेपालीहरुको परम्परा हो । यो परम्परालाई युगौँदेखि जीवन्त राखिंदै पनि आएको हो । तर, यसपालि आमनेपालीको प्रथम अभिभारा र दायित्व भएको छ— आर्थिक संकट पार कसरी गर्ने ?
हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको हाम्रो देश नेपालमा प्रतेक दिन जस्तो कुनै न कुनै चाडपर्व हरु परिरहेका हुन्छन्। सामाजिक महत्व बोकेको चाडपर्व पारिवारिक र सामाजिक सम्बन्धलाई मजदुत पार्ने तथा नविकरण गर्ने सेतुका रूपमा पनी लिन सकिन्छ । हाम्रो देशमा लिखित कानुनको विकास भन्दा धेरै अगाडि पनि अमन–चयन, सद्भाव र सौहार्दता कायम नै थियो जसको श्रेय संस्कृतिलाई दिन सकिन्छ। जीवलाई विविध भावमा डार्याउँदै नेपाली संस्कृतिलाई निरन्तरता दिई जीवन्त राख्न उत्प्रेरित गरिरहने माध्यम नै हाम्रा चाडपर्वहरू हुन् । प्राय चाडपर्वहरू स्थायि प्रकृतिसँग तादम्यता राख्दछन् भने अर्कोतिर परमारा,सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गरिरहेको प्रस्ट रूपमा देखीन्छ । के बुढाबुढी, के केटाकेटी, के धनी के गरीब सबैलाई आआफ्नो औकात र गच्छे अनुसार चाडपर्व जात्रा मनाउनमा आस्था, श्रद्धा र गौरव हुन्छ ।
असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा दसैंलाई लिने गरिन्छ । हाम्रो समाजमा अभैm पनि अन्याय र अत्याचार व्याप्त छ । अन्यायमाथिको विजय नेपाली जनताले अभैm पनि प्राप्त गर्न सकेका छैनन् । नेपाली समाज अझै पनि थिचोमिचो र अन्यायमा पिल्सिन बाध्य छन् । यो अन्यायमाथिको विजय प्राप्त गर्न धेरै नेपालीले शहादत प्राप्त गरिसके । देशमा गणतन्त्र आएको डेढ दशक भईसक्दा पनि त्यसको अनुभूति जनताले गर्न पाएका छैनन । झन झन जनताको दैनिक जीवनको स्तर खस्किँदो छ । भ्रष्टाचार, अनियमतता, शोषण, उत्पीडन, अपराधिक क्रियाकलापहरु झन बढेका छन् । केही अगाडि मात्र हाम्रो अमूल्य निधीका रुपमा रहेको समुदायबीचको सद्भाव झण्डै झण्डै खलबलिने अवस्थामा पुगिसकेको थियो । धरान, मलंगवा हुँदै नेपालगञ्जमा निकै हिंसात्मक बन्यो तर त्यसलाई पनि काबुमा राखेर समुदाय समुदायबीचको विगतको संस्कार, संस्कृति र धार्मिक सहिष्णुता, एकता र सद्भाव कायम गर्न आम नेपाली सफल भएका छन् । जसले गर्दा यस पटकका चाडपर्वहरु शान्तिपूर्वक मनाउन पाउने वातावरण बनेको छ ।
समाजभित्र गडेर रहेको अन्यायमाथि विजय प्राप्त गर्न नेपालीले अझै पनि धैर्य गर्नुपर्ने देखिन्छ । यसका लागि नवदुर्गा भवानीले नेतालाई सद्बुद्धि दिउन् र नेपालीहरुलाई धैर्य गर्न सक्ने क्षमता । विजया दशमीको उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदातामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो