उप्रेती सेवा समीती काठमाण्डौ द्धारा माया घरको अध्यक्ष सुभद्रा प्याकुरेललाई सम्मान

सुप्रिया राई

इटहरी । माया घर नेपाल इटहरीको अध्यक्ष शुभद्रा प्याकुरेललाई उप्रेती सेवा समीती काठमाण्डौले सम्मान गरेको छ । 

इटहरी लगायत कोशी प्रदेशको विभीन्न सडकहरुमा कष्टकर जिवन विताउन वाध्य भएका मानसीक रोगीहरुलाई सुरक्षीत पारीवारीक वातावरणमा सम्रक्षण गर्दै आएको माया घर नेपालको अध्यक्ष शुभद्रा प्याकुरेललाई उप्रेती सेवा समीती केन्द्रीय कार्यलय काठमाण्डौले सम्मान गरेको हो ।

 उप्रेती सेवा समीती काठमाण्डौले समाज सेवा के हो भनी समाज सेवामा प्रेरीत गराउने उदेस्यले प्रत्येक वर्ष सामाजीक अभियान्ताहरुलाई सम्मान गर्दै आएकोमा यो वर्ष माया घरले महिला,वालवालीका,जेष्ठ नागरीकको सेवामा निरन्तर सक्रीय रहेको भन्दै कोशी प्रदेश भौतीक पुर्वाधार बिकास मन्त्री गणेश प्रसाद उप्रेतीको प्रमुख आतित्थ्यतामा भएको एक कार्यक्रमका विच अध्यक्ष प्याकुरेललाई सम्मान गरीएको हो ।


सुप्रिया राई
प्रतिक्रिया