असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डामा, आज सम्बोधन गर्ने

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको हो। हिजो बिहान प्रधानम्नी  युगाण्डा जानुभएको हो । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री पर्सी आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया