फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
विराटनगर । पहिचानवादी नेता पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनलाई दबाउने प्रयास सरकारको लागि महंगो सावित हुने चेतावनी दिएका छन् ।
प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा आयोजित प्रदर्शनपछि सम्बोधन गर्दै किरातीले पहिचानलाई दबाबउ खोज्नेहरु राजतन्त्रजस्तै समाप्त हुने दावी गरे ।
‘श्री ५ सरकार जसरी मिल्काइयो, कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरिमिल्काउँछौं’ उनले भने, ‘पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरी फैलनेछ ।’ यो आन्दोलन प्रदेशको नामकरण पुनः पहिचानको आधारमा नभएसम्म जारी रहने उनले बताए ।
प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेको बताउँदै त्यसलाई रोक्न खोजिए पुनः बन्दुक उठ्नसक्ने चेतावनी दिए । विगतमा किरात वर्कस पार्टी बनाएर किरात प्रदेशको लागि भन्दै सशस्त्र आन्दोलन गरेका किरातीले पछि वर्कस पार्टीलाई माओवादीमा एकीकरण गराएका थिए । अहिले पनि माओवादी केन्द्रबाट अलग भएर छुट्टै अभियान चलाइरहेका छन् ।
किरातीसहितका नेताले सम्बोधन गरेको कार्यक्रममा सहभागीले प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन र सभा गरेका थिए । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।
प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । त्यसलाई तोडेर प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको हो । तर, त्यस पनि उनीहरु पछि हटेनन् ।
भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको थियो । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेपछि असन्तुष्ट पक्षले पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका छन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो