फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । उद्योग वाणिज्य संघ इटहरीले १४ वटै जिल्लाका महिला उद्यमीहरुलाई एउटै थलोमा भेला गर्ने जमर्को गरेको छ । भदौ १५ देखि १७ गतेसम्म इटहरीको लायन्स क्लबमा आयोजना हुने महिला उद्यमशिलता प्रदर्शनीमा कोशी प्रदेशभरका महिला उद्यमीहरु भेला हुने भएका हुन । उद्योग वाणिज्य सङ्घ इटहरीको महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीमा तीन दिने सो प्रदर्शनीमा कोसी प्रदेशका उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको प्रवर्द्धन तथा बजारीकरण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको महिला उद्यम समितिले पत्रकार सम्मेलनमा बताएको छ ।
‘हाम्रो ठाउँ, हाम्रै उत्पादन’ भन्ने मूल नाराको आयोजना गरिने महिला उद्यम समितिकी संयोजक मिना ढकालले बताईन् । प्रदर्शनीमा घरेलु लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरू, कृषिजन्य जडीबुटी, हस्तकला सौन्दर्यकला सम्बन्धी सामाग्रीहरू, पर्यटन क्षेत्रको जानकारी डेस्क तथा कारागारबाट उत्पादित सामाग्रीहरू राखिने छ ।
सो प्रदर्शनीमा एक सय वटा स्टल रहने बताइएको छ । प्रदर्शनीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले अपेक्षा गर्दा १४ लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनीमा युवा उद्यमी मञ्च सुनसरीले ३ विधामा उत्कृष्टहरूलाई सम्मान गर्ने जनाएको छ । सो पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीले व्यवसायीका हितका लागि निरन्तर रूपमा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने बताए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो