विदेश जाने लहरलाई तोड्दै समृद्धि प्राकृतिक सावुन उद्योगमा लागिन मनिता

सुप्रिया राई

सुनसरी । हाल नेपालमा वैदेशिक रोजगारी तथा पढ्नका निमित्त पलायन हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ। विद्यार्थी देखि व्यवसायीहरु विभिन्न सिलसिला तथा प्रयोजनका लागि विदेश जाने लहर चलिरहेको छ। यसै क्रमलाई चिर्दै रोजगारीका लागि विदेशै जानुपर्छ भन्ने मान्यतालाई तोडि दिएकी छन् धरानकी एक उद्यमी महिला मनिता घिमिरेले । उनको समृद्धि प्राकृतिक सावुन उद्योग उतिकै चर्चित छ। 


स्नातकसम्मको अध्ययन सके पनि मनिताले कुनै जागिर खोजिनन्। जागिर नै नभए पनि घरेलु उद्योग स्थापना गरेर नेपालमै पाइने जडिबुटीको प्रयोग गरी उद्योग सञ्चालन गर्दै आएकी मनितालाई उद्योगले सक्षम महिलाको रुपमा पहिचान बनाउन सहयोग पुर्याएको छ ।


६ बर्ष अगाडिदेखि धरान १५ मा आफ्नै घरमा घरेलु उद्योग स्थापना गरी तितेपाती, चारकोल, मह तथा निम प्रयोग गरेर उद्यमी मनिता घिमिरेले साबुन बनाउँर्दै आएको बताएकी छन् । उनले उत्पादन गरेकाे सावुनको माग धरानमा मात्र नभएर विभिन्न ठाउँमा उत्तिकै माग रहेकाे बताउने मनिताकाे साबुन धरान एक्स्पाेमा राखिएकाे स्टलमा पनि निकै महत्व पाएकाे देखिन्छ । महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण पेश गर्न घिमिरेले आफूमात्र नभएर अन्य महिलालाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आएकाे छन्। स्थानीय स्तरमै पाइने जडिबुटी प्रयोग गरेर बनाइएका सावुन स्वास्थ्यकर हुने भएकाले पनि यसको माग अत्याधिक रहेको उद्यमी घिमिरे बताउँछिन्। 

सुप्रिया राई
प्रतिक्रिया