पाठकको पुर्पुरो : वि.सं. २०८१ श्रावण १० गते (तद्अनुसार सन् २०२४ जुलाई २५ तारिख) बिहीबार दिन सबैका लागि शुभ रहोस्

फामिने ज्योतिष

मेष – आजको दिन अनुकूलता वृद्धि हुनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहो¥याउँदा लाभ प्राप्ति होला । ख्याल राख्नुहोस्- ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्ने योग छ । धैर्यसाथ काममा जुट्नु हितकर होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यमा सामान्य कमजोरी महसूस होला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउन नदिन विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आज स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण चिताएको काम पूरा गर्न कठिन पर्ला । जिम्मेवारी बढिरहनेछन् । चाहेर पनि पढाइलेखाइमा समय दिन नसकिने योग छ । खर्च केही बढेपनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिएलान्, तर टाढाका साथीभाइ नजिकिनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजयप्राप्ति तथा समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दौडधुप र जोखिम बढ्नेछ । आजको दिन केही चुनौतीयुक्त महसूस होला । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुनसक्छ । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ, ख्याल राख्नुहोला । नियमित कार्यमा अनावश्यक अलमल हुन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – समय शुभदायी छ । व्यावसायिक आम्दानी बढ्ला । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सकारात्मक कर्मप्रति प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दाम्पत्यसुख बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि सबल स्वास्थ्यका लागि खानपानमा लगाम लगाउनु उचित होला । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले कार्यगति बढ्नेछ ।

तुला – नाम, दाम र इनाम कमाउने तथा सोचेको काम बन्ने समय छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ला । स्वास्थ्य केही कमजोर रहनसक्छ । आवश्यक मात्रामा लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्नुपर्ला । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – आजको दिन उतारचढावपूर्ण रहने देखिन्छ । प्रतिष्ठित कामको जिम्मेवारी मिलेपनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने योग छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ, योजना बनाएरमात्र काममा हात हाल्नु हितकर हनेछ । असफलता नै मिलेपनि पराक्रम बढ्ने समय छ ।

धनु – नियमित कर्ममा केही समस्या निम्तिएपनि इच्छाशक्ति एवं मेहनतले राम्रै फाइदा दिलाउने समय छ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले प्रशन्नता बढ्ला । व्यस्तता बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – समय शुभदायी छ । पराक्रम बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । नयाँ व्यवसाय सुरु गर्ने मौका जुर्न सक्छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यपन पनि वृद्धि होला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने समय छ । अरूको दबाबमा परिए पनि मेहनतले धेरैको विश्वास जित्न सकिएला । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु हितकर हुनेछ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्ने योग छ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ, ध्यान राख्नुहोला । शरीरमा आरोग्यता रहनेछ ।

फामिने ज्योतिष
प्रतिक्रिया