पाठकको पुर्पुरो : वि.सं. २०८० भाद्र १५ गते (तद्अनुसार सन् २०२३ सेप्टेम्बर ०१ तारिख) शुक्रबार

खगेन्द्र कार्की

मेष – कामको सकारात्मक परिणाम या उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । अरूका काममा समय बित्न सक्छ । अनावश्यक भ्रमणमा समय बित्ने योग छ । स्वास्थ्यगत समस्याको सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । मानवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त हुनेछ ।

वृष – आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने सम्भावना छ, सचेत रहनुहोला । नसोचेको काममा खर्च हुन सक्छ, लेनदेनमा पनि विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । आज मेहनतअनुसार फाइदा कमै होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहनाले केही काम बन्नेछन् । व्यापारसम्बन्धी कार्यमा सफलता मिल्नेछ ।

मिथुन – आजको दिन मेहनतअनुसार फाइदा कमै हुने देखिन्छ । ठूलो प्रयत्न गर्दा कमैमात्र उपलब्धि हासिल होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । कमजोर भएको अनुभूति हुनेछ । लगानी तथा खर्च बढ्नेछ । रसरागमा रुचि बढ्ला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आयबल र आरोग्यता बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमण जस्ता कर्ममा रुचि बढ्ला । सुखशान्ति बढ्नेछ ।

सिंह – कर्मबल बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् भने संघर्षबाट अधिकार स्थापित गर्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफन्तमिलन एवम् मित्रजनसँग सुखद भेटघाट होला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्राको अवसर प्राप्त हुोला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । समृद्धि बढ्ला ।

वृश्चिक – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन पनि सुखद रहला । साझेदारीमा राम्रो फाइदा हुनेछ । कठोर मिहीनेतले कार्यव्यपारमा सफलता प्राप्त हुनेछ । शुभदायी काममा आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – आज सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । प्रतिष्पर्धी तथा इर्ष्यालुजनबाट काममा अवरोध पुग्न सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ, सचेत रहनुहोला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । अप्रिय समाचारले दुःखी बनाउने योग छ । पढाइलेखाइमा प्रगतिको समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुने दिन छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने अलिक मुस्किल पर्ला । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्यता वृद्धि हुने र कर्मबल बढ्ने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । भौतिक साधन जुट्नेछ भने आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । वार्तामा सफलता मिल्नेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् । कुनै पनि समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया