१७ वर्षीया बालिकाले मृत जुम्ल्याहा शिशु जन्माइन

फाष्ट मिडिया नेपाल संवाददाता

एक जना गर्भवती बालिकाले मृत अवस्थाका जुम्ल्याहा शिशु जन्माउनुभएको छ । चङ्खेली गाउँँपालिका– ६ को मेल्छाम गाउँकी १७ वर्षकी सीता बुढाले ती शिशु जन्माएकी हुन ।

दुई दिनअघि बेथा लागेपछि गर्भवती बुढालाई मेल्छाम स्वास्थ्य चौकीमा परिवारका सदस्यहरुले ल्याएको स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताए । 

सुत्केरी गराउनका लागि धेरै प्रयास गरिएको भए पनि उपकरणको अभावमा सुत्केरी गराउन नसकिएपछि बेथाले छट्पटिएकी बुढालाई जिल्ला अस्पतालसँगको समन्वयमा गाउँपालिका केन्द्रमा रहेको पिप्लाङ स्वास्थ्य चौकीमा लगिएको हो । 

उक्त स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकिएको भए हेलिकोप्टरबाट सुर्खेत वा गाडीमा जिल्ला अस्पतालमा उद्धार गर्ने तयारी पनि भइरहेको थियो । त्यति नै बेला स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले निज गर्भवतीलाई सुत्केरी गराउन सफल भए पनि मृत अवस्थामा जुम्ल्याहा शिशु जन्मिएको उनले बताए। 

बालिका स्थानीय बुढा हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत रहनुभएको छ । बुढाको घर सोही गाउँपालिका– ३ को मेखाला गाउँ परे पनि अध्ययन गरिरहेको कारण उनी माइतीमै बसेर अध्ययन गरिरहेकी थिईन ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया