इटहरीमा महिला सहयोगी समूहद्वारा परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुप्रिया राई

इटहरीमा महिला सहयोगी समूहद्वारा परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न

इटहरी । महिला सहयोगी समूह इटहरीले आज नगरपालिकाका अधिकारी तथा सरोकारवालाहरूसँग परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

महिला सहयोगी समूहले यौन पेसामा संलग्न दिदीबहिनीहरूका लागि क्षमता विकास, आपतकालीन अवस्थामा आवश्यक राहत, सुरक्षित गर्भपतन, शिक्षामा सहयोग, विवाह दर्ता तथा नागरिकता सम्बन्धी समस्यामा आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्दै आएको कार्यक्रम निर्देशक बिमला मल्लले जानकारी गराइन।

कार्यक्रमको मुख्य उद्देश्य अन्तर्गत टेवा काठमाडौ ले पाँच लाख रुपैयाँ, स्वस्वा  नेपाल र स्वास्वा  साउथ एसियाबाट  बाट संयुक्त  बजेट प्राप्त भएको र उक्त बजेटहरू कहाँ–कसरी खर्च गरिन्छ भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी गराइएको थियो।

महिला सहयोगी समूहको आयोजनामा तथा मानव कल्याण समाज इटहरीको सहकार्यमा सम्पन्न कार्यक्रममा मानव कल्याण समाज इटहरीका प्रमुख देवानन्द चौधरीले हालसम्म आफ्नो संस्थाबाट पाँच सयभन्दा बढी एचआईभी संक्रमितले सेवा लिइसकेको जानकारी गराए।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरी, आस्था फाउन्डेसनका अध्यक्ष चन्द्र बराल, इटहरी प्रहरी कार्यालयका डिएसपी सुबास हमाललगायत ३५ जना  विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुप्रिया राई
प्रतिक्रिया