मेष – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ होला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्न सक्छ । आतिथ्यपूर्ण सम्मान पाइने योग पनि छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समग्रमा दिन शुभदायी नै छ ।
वृष – प्रेमभाव बढ्ने एवम् मिहिनेतपूर्ण कार्यबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । रचनात्मक काममा जुट्ने समय छ । व्यवसायमा फाइदा होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।
मिथुन – व्यस्तता बढ्नेछ । आफ्नै बोलीले समस्या उत्पन्न गर्न सक्ने भएकोले आजको दिन बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्ने समय छ । यसका बाबजुद सामाजिक प्रतिष्ठा मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।
कर्कट – टाढिएका सहयोगीहरूको साथ मिल्ने समय छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । शिक्षा क्षेत्रमा सफलता हासिल हुनुका साथै ब्यापारबाट सोचे झैँ लाभ हुने योग छ । नया कामको सुरुवात भने खासै राम्रो छैन । यात्रामा सफलता प्राप्त हुनेछ । मन शान्त रहनेछ ।
सिंह – मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । आम्दानी बढ्ने समय छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, जसबाट मान-प्रतिष्ठा प्राप्त होला । मनोकूलको काम बन्ने छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नेछ ।
कन्या – जिम्मेवारी थपिएर बोझ महसूस भए पनि आजको दिन सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्राको योग पनि छ । झुटो आरोपबाट बच्नका लागि आजको दिन बोलीमा विशेष सजगता अपनाउनु उचित हुनेछ । पराक्रम बढ्नेछ । मान-महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आज अरूका काममा समय खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहे पनि परिस्थितिले साथ दिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला, जसबाट अध्ययन-अध्यापन कार्यमा ध्यान दिन नसकिएला । पीडा दिनेहरु सक्रिय रहनसक्ने योग भएकोले सावधानी अपनाउनु हितकर होला । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ ।
वृश्चिक – आजको दिन काममा चुनौती देखिनुका साथै अलिक प्रतिस्पर्धा गर्नुपर्ला । कोसिस गर्दा केही अवसर भने मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । बुद्धिविवेकले राम्रो काम गर्नेछ । आरोग्यबलका साथै दायित्व बढ्नेछ । शुभ काममा आकर्षण बढ्ला ।
धनु – प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापारमा पनि फाइदै होला । खर्चमा भने वृद्धि होला । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । चुनौतीहरू सजिलै पार लाग्नेछन् । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।
मकर – आजको दिन व्यावसायिक कामका लागि टाढाको यात्रा हुन सक्छ । चोटपटकको सम्भावना रहेकोले विशेष सचेतना अपनाउनु हितकर होला । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्याले सताए पनि कार्य सफलताबाट सन्तुष्टि मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।
कुम्भ – नयाँ काम सुरु गर्ने समय भए पनि आज झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ । जोखिम बढ्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आजको दिन काममा केही चुनौती देखापर्न सक्छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । सामर्थ्य र साहस बढ्नेछ । आफन्तको साथ कमै मिल्ला । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्ला ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो