दमक । दमकमा पहिलो आयोजना गरिएको ऐतिहासिक नमूना ब्याडमिन्टन च्याम्पियसीपको आयव्यय सार्वजनिक गरिएको छ ।
दमक वडा नं. ७ स्थित नमूना ब्याडमिन्टन एकेडेमीले थ्रिइन होटलको हलमा संस्थाका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सो आयव्यय सार्वजनिक गरेका हुन् ।
एकेडेमीका संरक्षक तथा वडा नं. ७ का वडाअध्यक्ष भीम पौडेलको विशेष आतिथ्यतामा आयोजित सो कार्यक्रममा आर्थिक समिति संयोजक भवानीविक्रम आङ्दम्बेले आयव्यय सार्वजनिक गरेका हुन । आङदम्बेका अनुसार दमक नगरपालिका ६ लाख ३० हजार सहयोग दिएको थियो । दमक बाहिरका पालिकाबाट १ लाख ६५ हजार, अन्य व्यक्ति तथा संस्थाबाट सहयोग उठेको १८ लाख १९ हजार ५ सय ९३, इन्ट्रि फिबाट १ लाख ९१ हजार र सहयोग रसिबाट १ लाख ९७ हजार १८६ रुपैयाँ गरी जम्मा ३० लाख २ हजार ७७९ रुपैयाँ संकलन भएको बताए ।
यसैगरी २४ लाख ९३ हजार ३८६ जम्मा खर्च हुँदा एकेडेमीलाई ५ लाख बढी रकम बचत भएको उनले सुनाए । यो प्रतियोगितामा विभिन्न व्यक्ति तथा व्यवसायीबाट ३ लाख २ हजार बराबरको जिन्सी सामान समेत उपलब्ध भएको बताइएको छ । एकेडेमीका सचिव सुशन राईले सञ्चालन गरेको सो कार्यक्रममा बोल्दै संरक्षक पौडेलले दमकको पहिचानका रुपमा खोलाको छेउमा नमूना बस्ति भएको ठाउँमा राष्ट्रिय स्तरको खेलकुद आयोजना हुनसक्ने ब्याडमिन्टनले देश विदेशमा दमकप्रतिको आकर्षण स्थापित हुने र सोही दृष्टिकोणबाट उक्त ब्याडमिन्टन एकेडेमी हलसहितका संरचना निर्माण भएको बताए । उनले भने वडा हुँदै नगरपालिका, अन्य वडाबाट समेत कार्यक्रम सफलताको लागि रकम जुटेको उनले बताए । अब बाँकी रहेको रकमबाट उक्त प्रतियोगिता नियमित रुपमा सञ्चालन हुने पनि पौडेलले उक्त कार्यक्रममा जानकारी गराएका थिए । एकेडेमीका पदाधिकारी, सदस्यहरुसहित मिडियाकर्मीहरुको बाक्लो उपस्थित सो कार्यक्रममा रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो