माओवादी पार्टीको तीन महिने रुपान्तरण अभियान : इटहरीमा स्वास्थ्य शिविरसहित बृक्षारोपण

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । रुपान्तरणका लागि दबाब खेपिरहेको माओवादी केन्द्रले तीन महिने रुपान्तरण अभियान सामाजिक क्षेत्रबाट सुरु गरेको छ । 

नयाँ नयाँ दल तथा राजनीतिक व्यक्तिहरुबाट गरिएको सामाजिक कर्म र त्यसको सकारात्मक प्रतिफल देखेपछि माओवादी केन्द्रले पनि सहर्ष स्वीकार गर्दै सामाजिक अभियानबाटै दल, नेता, कार्यकर्ता तथा समाज सुधार हुन्छ भन्ने अपेक्षाका साथ स्वास्थ्य शिविर तथा बृक्षारोपण कार्यक्रम इटहरीमा आयोजना गरेको हो । सो अभियान अन्तर्गत इटहरीमा निःशुल्क सुगर परिक्षण तथा वृक्षारोपण कार्यक्रम गरेको छ । 

४० कटेका मानिसहरुमा सुगुर, प्रेसर हुन र त्यसलाई अनिवार्य परिक्षण गर्नुपर्ने प्रावधान बमोजिम आम जनतालाई त्यसको सन्दर्भमा सुसुचित गर्नका लागि सन्देशमूलक कार्यत्रबmम आयोजना गरिएको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा तीन महिने रुपान्तरण अभियान इटहरी उपमहानगरपालीकाको संयोजक सुरेस राई बताउँछन् । 

हामीले वेलैमा सुगरको जाँच गरेर डा. को सल्लाह अनुसार खानपान, हिडडुलमा ध्यान दिने शरिरलाई व्यालेन्समा राख्ने हो भने सुगर प्रेसरको समस्या रोक्न सकिन्छ अन्यथा सुगरको संक्रमणले हाम्रो आयु घट्ने परीवारलाई दुख हुने समाजमा नकारत्मक असर पर्ने हुनाले जनतालाई सकारत्मक सन्देश दिने उद्देश्यले नेपालको विभिन्न ठाउबाट अभियान सुरु गरीएको समेत संयोजक राईले जानकारी गराए 

इटहरीको धरान लाइनमा गरीएको सुगर जाँचको प्राविधिक सहयोग मकालु मेडिल हल इटहरीको रहेको थियो भने सुगर चेक सकिए पछि गोर्खा वेकरी देखी आर्मी क्यामसम्म वृक्षारोपण कार्यक्रम गरीएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालीकाको प्रथम उपाध्यक्ष ज्ञान किराँती, तीन महिने रुपान्तरण अभियानका सहसंयोजक राजकुमार आचार्य, पार्टी वडा अध्यक्ष प्रकास आचार्य लगायतको सहभागीता रहेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया