पावन भुमि चतरा जाऔं : मंसिर १ गते हुने सुतार कार्की बन्धुहरुको उत्सवमय कार्यक्रममा सहभागी बनौं

खगेन्द्र कार्की

इटहरी । सुतार कार्की कूलवंश प्रतिष्ठान हरिद्धार चतराले यहि मंसिर १ गते बृहत कार्यक्रमको आयोजना गर्दैछ ।  उक्त स्थानमा बनाइएको सुतार कार्कीको पहिचानरुपी भवनको उद्घाटनसहित ज्येष्ठ नागरिकदेखि महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई सम्मानित गर्ने कार्यक्रम प्रतिष्ठानले राखेको छ । 

प्रतिष्ठानका महासचिव मनोज कार्कीले बताए अनुसार सुतार कार्कीका धरोहर कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीको प्रमुख आतिथ्यता तथा सुतार कार्की सेवा समिति केन्द्री अध्यक्ष दिव्यध्वज कार्कीको विशिष्ठ आतिथ्यतामा उक्त कार्यक्रम हुन गईरहेको छ । सो कार्यक्रममा सुरुमा उदयपुरका सुतार कार्की बन्धुहरुले लगाएको पुराणबाट बाँकी रहेको रकमबाट भवन निर्माणको काम  शुभारम्भ भएको थियो । सो भवन निर्माणका लागि सुतार बन्धुहरुको निकै ठूलो मेहनत, पसिना र आर्थिक लगानी भएको छ । सो भवन अझै पुरा हुन नसकेको र त्यसलाई पुरा गर्ने कार्ययोजना बमोजिम उदयपुरे बन्धुहरुको योजना बमोजिम सुतार कार्की कूलवंश प्रतिष्ठानले वैधता प्राप्त गरिसकेको छ । दिनको ११ बजेदेखि सुरु हुने सो कार्यक्रममा सुतार बन्धुहरुका अभिभावक ज्येष्ठ नागरिक, प्रतिष्ठानका संस्थापक सदस्य, सल्लाहकार तथा भवन निर्माणका लागि योगदान दिने व्यक्तित्वसहित दाताहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ   

सुनसरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर बैंकिङ प्रणालीबाट आर्थिक कारोबार हुने गरी पारदर्शि बनेर अबका कामहरु अगाडि बढ्ने अध्यक्ष कुमार कार्कीले बताएका छन् । सुतार कार्की सेवा समिति जिल्ला कार्यसमिति अन्तर्गत निर्माणाधिन उक्त भवनलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने भाइबन्धुहरुको राय सुझाव अनुसार प्रतिष्ठान दर्ता गरिएको जिल्ला अध्यक्ष खगेन्द्र कार्कीले बताए । सुतार कार्की सेवा समिति सुनसरीले बन्धुहरुको हितमा काम गर्दै आइरहेको र अब जिल्ला समिति, कूलवंश प्रतिष्ठान, पुजा समितिहरुको संयुक्त रुपमा भाईबन्धुहरुको हितमा काम गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि अध्यक्ष कार्कीले बताए । केही वर्ष अगाडि निकै सक्रियता देखाएको जिल्ला कार्य समिति कोरोना पछाडि परिस्थितिजन्य अवस्थाले सक्रियता देखाउन नसकेको अवस्थामा कानुनी वैधता प्राप्त गरी सुरु गरिएको प्रतिष्ठानसहितको माध्यमबाट अब भाईबन्धुहरुका बीचमा पूर्वाञ्चमै उत्कृष्ट हुने गरी काम अगाडि बढाउने प्रतिष्ठानका महासचिव मनोज कार्कीले बताए । जिल्ला कार्यसमितिले ल्याएका योनजाहरुलाई समेत एकमुष्ट रुपमा राखेर प्रतिष्ठानकै माध्यमबाट अगाडि बढाइने भएको छ । अक्षयकोषका माध्यमबाट आर्थिक पहुँच कम भएका बन्धुहरुका बालबालिको शिक्षा, त्यस्तै विभिन्न स्वास्थ्य शिविर, रक्तदान लगायतका कामसँगै कूलधर्म, पितृ, संस्कृति र संस्कारलाई उकरुपता कायम गर्दै लाई अगाडि बढाउने कार्ययोजना रहेको छ । अब छिट्टै सुतार कार्की सेवा समिति जिल्ला कार्यसमितिको अधिवेशन पनि गरेर सुतार कार्कीको हितमा खोलिएका संस्थाहरुलाई गति प्रदान गर्ने जमर्कोमा लागेको जिल्ला समितिका अध्यक्ष खगेन्द्र कार्की बताउँछन् ।  जिल्ला कार्यसमिति, प्रतिष्ठान र कूलपुजा समिति मिलेर भाईबन्धुको दुःखसुखमा सहभागी हुँदै सामाजिक अभियानका काम गर्दै आइरहेका छन् । गएको १२ वर्षे कुम्भ मेला आयोजक समितिमै रहेर भक्तजनको सुविधा लागि पानी वितरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । 

खगेन्द्र कार्की
प्रतिक्रिया