दिलिप परजुली
दोहा । स्याङ्जा सहयोग समाज कतारको आयोजनामा हुन लागेको विबवध साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट लोकप्रिय कलाकारहरु कतार पुगिसकेका छन् । कार्यक्रम आयोजनाका सम्पूर्ण काम सकिएको र कलाकार पनि आइपुगेको जानकारी आयोजक संस्थाले गराएको छ । कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट लोकप्रिय गायक खुमन अधिकारी, गायिका कमला गैह्रे र मोडल तथा डान्सर अस्मिता रनपाल बुधबार राति कतार आईपुगेका हुन्। संस्थाको १९ औं वार्षिकोत्सबको अवसर पारी ूराम्दीधाम वृद्धाश्रम सहयोगार्थुु को लागि वार्षिकोत्सवको साथमा विविध साँस्कृतिक कार्यक्रम २०२४ को आयोजना गरिएको हो ।
कलाकारहरु कतार आईपुगे संगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम सस्थाका अध्यक्ष प्रकाश परियारले जानकारी दिएका छन्। नेपालीहरुको नयाँ बर्ष २०८१ सालको अवसरमा शुभकामना आदान( प्रदान तथा ूराम्दीधाम वृद्धाश्रम सहयोगार्थको लागि १९ औं वार्षिकोत्सवको साथमा विविध साँस्कृतिक २०२४ कार्यक्रमको आयोजना गरिएको हो । दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने छ । कार्यक्रममा स्थानीय कलाकारहरूले समेत आफ्नु जोडदार प्रस्तुति दिनेछन । कार्यक्रममा जानको लागि दोहा र सनैयाका बिभिन्न ठाउबाट यातायातको निशुल्क ब्यबस्था समेत रहेको आयोजकले जानकारी दिएको छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो