इटहरी । दैनिक चुल्होचौकामा प्रयोग हुने एलपी ग्याँसको मूल्य अन्तर्राष्ट्रिय बजारबाट घटेर आए पनि घाटा पुर्ति गर्न नेपालमा नघटाइएको आयल निगमले जनाएको छ । तर पेट्रोलमा भने एकै पटक ४ रुपैयाँ बढाएको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबार बिहानदेखि लागू हुनेगरी प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएको र सोहीअनुसार मू्ल्य समायोजन गरिएको निगमको भनाइ छ ।
मुल्यबढेसँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।
डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने हेरफेर भएको छैन ।
आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो