भुकम्प स्मरण दिवस : पौने ४ खर्ब सकिँदा पनि भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण सकिएन

खगेन्द्र कार्की

इटहरी । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । शुक्रबार वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् यहि दिन ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।ूकाठमाडौँको सुन्धारामा अवस्थित धरहरा परिसरमा आज भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहने छ । ‘सुरक्षित पूर्वाधार निर्माण गराँै, भूकम्पबाट जोगिऔ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको हो ।
१० वर्षमा पनि पुर्ननिर्माण सकिएन
१० वर्षमा पौने चार खर्ब सकिँदा निजी घरदेखि सम्पदासम्म पुनर्निर्माण अझै सकिएका छैनन् । भूकम्पपछि पुनर्निर्माणको जिम्मा लिएको राष्टिूय पुनर्निर्माण प्राधिकरण रहँदा ९ पुस ०७८ सम्म तीन खर्ब ७१ अर्ब र सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जिम्मा लिएपछि ३० भदौ ०७८ यता पाँच अर्ब ४८ करोड ६५ लाख गरी कुल तीन खर्ब ७६ अर्ब ४८ करोड ६५ लाख खर्च भएको हो ।
निजी आवास पुनर्निर्माणमा मात्रै दुई खर्ब ३३ अर्ब २३ करोड सकिएको छ, तर अझैसम्म पनि ९२ हजार १६८ पीडितको घर बन्न सकेको छैनरु। भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार निजी आवास निर्माणमा दुई खर्ब ३१ अर्ब ४१ करोड र प्रबलीकरणमा एक अर्ब ८१ करोड ९५ लाख खर्च भएको छ ।
गोरखा भूकम्पका परकम्प नै ५५ हजारपटक गइसकेको छ । अहिले पनि नेपालको पश्चिम क्षेत्रमा दिनहुँजसो भूकम्प गइरहेको छ । जसले फेरि पनि कुनै दिन नेपालमा ०७२ सालकै भूकम्पको नियति दोहोरिने हो कि भन्ने चिन्ता कायमै छ ।
भूगर्भविद् डा.सुबोध ढकालका अनुसार नेपालको कुनै पनि ठाउँमा ८० देखि १०० वर्षको बिचमा ठूलो भूकम्प आउँछ भन्ने गरिन्छ, त्यसलाई ०७२ को भूकम्पले प्रमाणित ग¥यो । ‘कुनै पनि ठाउँमा ठूलो भूकम्प जाँदा देशभर असर गर्ने रहेछ भन्ने पनि सिकाइ भयोरु। भूकम्प रोक्न नसके पनि जोखिम न्यूनीकरण गर्न संरचनागत काम गर्नुपर्छ ।
विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । यसै दिनको स्मरणमा हरेक वर्ष माघ २ मा भुकम्प दिवस मनाइँदै आएको छ ।
काठमाडौंका ९० प्रतिशत सम्पदा पुननिर्माण
स्रोत र साधनको चुनौतीका बाबजुद विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा पर्ने काठमाडौं उपत्यकाका झन्डै ९० प्रतिशतभन्दा बढी सम्पदाहरूको पुनःनिर्माण सकिएको छ ।
विनाशकारी भूकम्पको १० वर्षपछि विश्वसम्पदा सूचीमा पर्ने एकाध सम्पदा छाडेर अधिकांश सम्पदा पुनःनिर्माण कार्य सम्पन्न भएको पुरातत्व विभागले जनाएको छ । विभागका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रका १ सय ७४ वटा सम्पदामध्ये १ सय ३४ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । विभिन्न राष्टू तथा दातृ निकायको सहयोगमा ललितपुर, भक्तपुर र काठमाडौंका विश्वसम्पदा सूचीकृत क्षेत्रमा पर्ने अधिकांश सम्पदाको पुनःनिर्माण गरिएको थियो ।




खगेन्द्र कार्की
प्रतिक्रिया