फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । नेकपा एमालेको असोज १२ र १३ गते विराटनगरमा हुने कोशी प्रदेश अधिवेशनका लागि वराहक्षेत्र नगरपालिकाले १२ जना प्रतिनिधि छनोट गरेको छ ।
प्रतिनिधि छनौटका लागि गरिएको मतदानको परिणाम निर्वाचन समितिको कार्यालयले घोषणा र मुचुल्का सार्वजनिक गरेको छ । युवा, महिला, खुल्लातर्फको कोटामा १२ जना निर्वाचित भएका हुन्।
युवातर्फबाट प्रदीप कार्कीले ६ सय ५० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै महिलातर्फबाट सीता भण्डारी (पौडेल) ले ८ सय मत प्राप्त गरिन् । प्रतिनिधिका लागि सरिता खत्री, दिव्यकुमारी कार्की (खड्का) नन्दकुमारी राई (सुनुवार) चयन भएको विजयी दिव्य कुमारी कार्की (यसोदा खड्का)ले जानकारी दिईन् ।
खड्काले दिएको जानकारी अनुसार खुल्लातर्फबाट निलम खनालले ७ सय २२ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँगै आशाराम चौधरी, रमेश विष्ट, राजेन्द्र कार्की, केदार विष्ट, योग्यराज खड्का, हरि पौडेल खत्री निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिका लागि युवातर्फ २ जना महिलातर्फ ५ जना र खुलामा १३ जनाको उम्मेदवारी परेको थियो ।
विजय पश्चात प्रतिनिधिमा छनौट भएकी दिव्य कुमारी कार्की (खड्का)ले आफूलाई योग्य मानेर मतदान गर्नुहुने मतदाता, शुभेच्छुक तथा शुभचिन्तकलाई धन्यवाद दिँदै आगामी उक्त महाधिवेशनलाई सफल बनाउने जिम्मेवारी नेता, कार्यकर्ताको सबैको रहेको बताईन् ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो