इरानको सत्ता परिवर्तनका लागि गरिएको अमेरिका र इजरायली संयुक्त सैन्य कारवाहीमा प्रयोग भएका घातक मिसाइल

zCqnQYsJJSU

एजेन्सी । इरानको सत्ता पलटका लागि गरिएको अमेरिकी र इजरायली संयुक्त सैन्य आक्रमणले यतिखेर विश्व त्रसित बनेको छ । सो आक्रमणमा अनेकन प्रकारका घातक मिसाइलहरु पहिलो पटक प्रयोग गरिएका खबर प्राप्त भएका छन् ।  सो आक्रमणको पहिलो निसाना दक्षिण इरानको एक विद्यालय परेको र त्यहाँ भएको हवाई आक्रमणमा धेरै विद्यार्थीको ज्यान गएको खबर छ। त्यसको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य आधार, इजरायल तथा मध्यपूर्वका विभिन्न स्थानमा मिसाइल प्रहार गरेको छ, जसले क्षेत्रीय सुरक्षा, हवाई सेवा र तेल आपूर्तिमा ठूलो असर परेको छ।

अमेरिकाले शनिबार इरानका कयौँ स्थानमा निशाना बनाउने क्रममा टमाहक क्रुज मिसाइल, स्टेल्थ लडाकु विमान तथा पहिलोपटक लडाइँमा प्रयोग गरिएको कम लागतको एकतर्फी आक्रमण (सुसाइड) ड्रोन प्रयोग गर्दै व्यापक सैन्य कारबाही गरेको जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड ९सेन्टकमले सार्वजनिक गरेका तस्बिरहरूमा “अपरेशन एपिक फ्युरी” अन्तर्गत इरानमा गरिएका आक्रमणमा टमाहक मिसाइल, एफ–१८ र एफ–३५ लडाकु विमान प्रयोग गरिएको विवरण देखिएको छ।

ड्रोन

अमेरिकी सेनाले प्रयोग गरेका सुसाइड ड्रोनहरू एरिजोनास्थित स्पेक्टरेवर्क्स कम्पनीले निर्माण गरेको नयाँ लुकास (कम लागतको मानवरहित लडाई आक्रमण प्रणाली) जस्तै देखिएको पेन्टागनले जनाएको छ। कम्पनीले यसबारे प्रतिक्रिया दिएको छैन।

पेन्टागनका अनुसार सेन्टकमले पहिलोपटक इरानको शाहेद ड्रोनबाट प्रेरित एकतर्फी आक्रमण ड्रोन प्रयोग गरेको हो। कामीकाजे ड्रोनहरू तुलनात्मक रूपमा सस्ता हुने र धेरै कम्पनीहरूले ठूलो संख्यामा उत्पादन गर्न सक्ने उद्देश्यले विकास गरिएको बताइएको छ।

लुकास ड्रोनको मूल्य करिब ३५ हजार अमेरिकी डलर पर्ने अनुमान गरिएको छ। रुस–युक्रेन युद्धपछि अमेरिका लगायत देशहरू “अफोर्डेबल मास” अर्थात् कम लागतमा धेरै हतियार तयारी राख्ने नयाँ सैन्य रणनीतितर्फ उन्मुख भएको विश्लेषण गरिएको छ।

टमाहक मिसाइल

टमाहक ल्याण्ड अट्याक मिसाइल लामो दूरीको क्रुज मिसाइल हो, जसलाई प्रायः समुद्रबाट प्रक्षेपण गरी गहिराइमा रहेका लक्ष्यमा प्रहार गरिन्छ। उच्च सटीकतायुक्त यो मिसाइलले करिब १,००० माइल ९१,६०० किलोमिटर० टाढासम्म, कडा सुरक्षा भएको हवाई क्षेत्रमा समेत लक्ष्य भेदन गर्न सक्छ।

यो मिसाइल करिब २० फिट लामो, ८।५ फिट पखेटामा फैलावट भएको र करिब ३,३३० पाउन्ड तौलको हुन्छ। यस आक्रमणबारे इरानतर्फबाट विस्तृत आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

आरटीएक्सको रेथियोन युनिटले उत्पादन गर्ने टमाहक क्रुज मिसाइल परमाणु हतियारयुक्त भने होइन। यी मिसाइल स्थल वा समुद्र दुवैबाट प्रक्षेपण गर्न सकिन्छ।

पेन्टागनको बजेट तथ्यांकअनुसार अमेरिका सन् २०२६ मा यस्ता ५७ वटा टमाहक मिसाइल किन्ने योजनामा छ। प्रत्येक मिसाइलको औसत लागत करिब १३ लाख अमेरिकी डलर पर्ने बताइएको छ। साथै, मार्गदर्शन प्रणालीलगायतका पक्ष सुधार गर्न करोडौं डलर खर्च गरेर मिसाइल परिमार्जन तथा स्तरोन्नति गर्ने काम पनि जारी छ।

रेथियोन र पेन्टागनबीच हालै भएको सहमतिले टमाहक क्रुज मिसाइलको उत्पादन क्रमशः बढाएर वार्षिक १,००० युनिटसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

अमेरिका र उसका सहयोगी सेनाहरूले जीपीएसद्वारा सञ्चालन गर्न सकिने टमाहकको उडान परीक्षण गरिसकेका छन्। यसअघि अमेरिकी र बेलायती नौसेनाले यमनमा हुथी विद्रोहीका ठेगानामा आक्रमण गर्दा पनि टमाहक मिसाइल प्रयोग गरिएको थियो।

लडाकु विमान

अमेरिकी केन्द्रीय कमान्डले सार्वजनिक गरेको तस्बिर र भिडियोमा इरानमाथिको आक्रमणमा एफरए–१८ र एफ–३५ लडाकु विमान प्रयोग भएको देखिएको छ।

एफ–३५ पाँचौं पुस्ताको स्टेल्थ लडाकु विमान हो, जसले रडारबाट जोगिँदै सटीक निर्देशित हतियार बोक्न सक्छ। अमेरिकाले मध्यपूर्व क्षेत्रमा एफ–३५ व्यापक रूपमा तैनाथ गरेको छ।

बोइङ कम्पनीले बनाएको एफरए–१८ बहुउद्देश्यीय लडाकु विमान हो, जसले आकाशबाट आकाशमा तथा आकाशबाट भूमि दुवै प्रकारका मिशन सञ्चालन गर्न सक्छ। यसले विभिन्न प्रकारका बम र मिसाइल बोक्न सक्ने क्षमता राख्छ।

zCqnQYsJJSU
प्रतिक्रिया