फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । जेठ महिनामा ह्वात्तै बढेको खडेरी र गर्मीले हैरानबाट अब भने राहत मिल्ने भए पनि मनसुनले दुःख दिने प्रक्षेपण हुँदै गएको छ ।
नेपाल आउने मनसुन नजिकै आइरहेकाले खडेरी र चर्को गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । आज भोलिमै मनसुन नेपालको सीमामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू–भाग, बङ्लादेश र भुटानसम्म सक्रिय भएर नेपालको कोशी प्रदेश भित्रने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।
मनसुन नजिक आएसँगै देशका धेरै ठाउँमा बदली र वर्षा सुरु भएको छ । पछिल्लो १२ घण्टामा दोलखाको सिँगटीमा झण्डै ६० मिलिमिटर वर्षा भएको छ । यस्तै, काठमाण्डौमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।
पश्चिमको डडेल्धुरामा पनि वर्षा भएको छ । मध्य र पश्चिम तराईमा भने पानी परेको छैन । यस्तै, आज पनि कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो