नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म संगठन बिस्तार गर्न झापा कांग्रेस सभापति थेवेको जोड

फाष्ट मिडिया नेपाल संवाददाता

विर्तामोड/ नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न आग्रह गरेका छन् ।

नेपाल सांस्कृतिक महासंघ झापाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थेवेले झापामा चारतारे सांस्कृतिक समूह गठन गर्दाको इतिहास सम्झदै प्रत्येक पालिका तहमा संगठन बिस्तार गर्न आग्रह गरेका हुन् ।

पालिका तहमा संगठन नहुँदा कला, संस्कृति क्षेत्रका लागि पालिकामा छुट्ट्याइएको बजेट फ्रिज हुने अवस्था रहेको बताउँदै उनले योजना बनाउँदा पालिका तहबाट बजेट बढाउन सकिने आश्वासन दिए । संगठन बिस्तार र सक्रियताका लागि पार्टीले सबै प्रकारको सहयोग गर्ने सभापति थेवेले प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशेष अतिथि एवं नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थ थापाले सांस्कृतिक क्षेत्रमा लगानी नगरेसम्म मुलुक  समृद्ध नहुने धारणा राख्दै पालिका तहमा छुट्याइएको बजेट उपयोग गर्न मातहतका समितिलाई आह्वान गरे ।  २००८ सालमा बीपी कोइरालाको नेतृत्वमा नेपाल सांस्कृतिक परिषद् गठन भएको जानकारी दिंदै उनले त्यसबेला सचेतना अभिबृद्धिको मुख्य माध्यम गीत, संङ्गीत नै रहेको बताए ।

नेपाल सांस्कृतिक महासंघका महासचिव शिवशंकर रिजाल  (जोगिन्दर)ले हरेक जातजातिको संस्कृती उत्तिकै महत्वपूर्ण रहेको बताउँदै कला संस्कृतिको संरक्षणले देश समृद्ध हुने धारणा राखे ।

नेपाल सांस्कृतिक महासंघ झापाका अध्यक्ष किरण शिवाकोटीको सभापतित्वमा सप्पन्न कार्यक्रमको सञ्चालन मिनु ओलीले गरेकी थिईन् ।

कार्यक्रमका अधिकांश बक्ताहरुले कला र संस्कृतिमार्फत् समाज रुपान्तरण सहज हुने, मानिसहरुलाई छिट्टै आकर्षण गर्न सकिने बताउँदै कलाकर्मीहरुको सम्मानका लागि राज्यको दृष्टिकोण सकारात्मक हुनुपर्ने धारणा राखेका थिए ।

यसैबीच महासंघको तेस्रो जिल्ला अधिवेशनले कुमार सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा गोमा नेपाल, सचिवमा मनोज नेपाल, सहसचिवमा अनिसाकुमारी गणेशलाई चयन गरेको छ । अधिवेशनले किरण शिवाकोटी, पुनितकुमार बंशल, मिलनकुमार ढुङ्गाना, अग्निप्रसाद राई, रमेश धमला, कल्पना राई, दिपा खरेल, रोहित नेपाल र टंक ढकाललाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा नविनराज भट्टराई, अर्जुन खरेल, जितेन्द्र श्रेष्ठ, विनोद अधिकारी, निरज पोखरेल, मनोज नेपाल, अम्बिका मिश्र, अग्नेश दाहाल, रमेश चौधरी, कौशल भण्डारी, सुनिल भण्डारी, तारा ढकाल, रेनुका गौतम र भावना लुइटेल चयन भएका छन् ।

अधिवेशनले टंक विश्वकर्माको संयोजकत्वमा हस्त परियार,  खड्ग रायमाझी, अर्जुन तिम्सिना, अनिरुद्र ओली, तुलसी ओली, उमाकान्त बास्तोला, कृष्णप्रसाद पौडेल, सन्तोष रायमाझी र लक्ष्मी भण्डारीलाई सल्लाहकार सदस्यमा चयन गरेको नेपाली कांग्रेस झापाले जनाएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया