ग्रामथान संरक्षण समिति सुनसरीको छैठौ वार्षीक साधारणसभा सम्पन्न

दयाराम कटेल

सुनसरी । ग्रामथान संरक्षण समीती सुनसरीको छैठौ वार्षीक साधारणसभा इटहरी वडा नम्वर १६ को जब्दीथानको प्राङ्गणमा सम्पन्न भएको छ ।

 ग्रामथानसँग जोडिएका सास्कृतिक भुमी अतिक्रमण, आयआर्जनको समस्या, प्रथाजनिक नियमको समस्या, भाषिक समस्याले गर्दा यहाको भुमी पुत्रहरु विस्थापीत भइरहेको र यो समस्याको सम्रक्षण गर्नु राज्यको दायित्व भएको ग्रामथान सम्रक्षण समीती सुनसरीका अध्यक्ष तथा कार्यक्रमका सभापति तेज नारायण चौधरीले जानकारी दिए ।

ग्रामथान संरक्षण समीतीले ताल, नदी, गौचरण, दाहसंस्कारका ठाउहरु, सास्कृतिक वनजंगलहरु सवैको सम्रक्षणका लागी काम गरीरहेको हुनाले ग्रामथानको मुद्धा कुनै एउटा जातको समुदायको मात्र नभएर वरीपरी रहेका अन्य समुदायको समग्र नेपालीको समस्या भएको समेत अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

राष्ट्रिय थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको प्रमुखआतित्थ्यतामा भएको उक्त साधारणसभामा कोशी प्रदेस सभासदस्य जयप्रकास चौधरी र सुनिता गच्छदार, कानुनी सल्लाकार रामराज चौधरी, इटहरी १६ का वडा अध्यक्ष तेज नारायण चौधरी, ग्रामथान संरक्षण समीतीका आजीवन सदस्य, साधारण सदस्य लगायतको सहभागीता रहेको थियो ।

दयाराम कटेल
प्रतिक्रिया