प्रथम रामधुनी मेयर कप फुटबल प्रतियोगिता यही मंसीर २९ गते देखि पाैष ६ गचे सम्म हुने

सुप्रिया राई

इटहरी । उदियमान युवा नेपाल रामधुनी 9 काे आयाेजना तथा रामधुनी नगरपालिकाकाे संयाेजनमा प्रथम रामधुनी मेयर कप फुटबल प्रतियोगिता यही मंसीर २९ गते देखि पाैष ६ गचे सम्म  हुने भएको छ ।


प्रतियोगितामा च्यात्यसा फुटबल क्लब दमक झापा,गाइघाट फुटबल क्लब उदउपुर,आयाेजक उदियमान युवा नेपाल रामधुनी ९,तालतलैया फुटबल टिम इटहरी ,ए.पी.एफ फुटबल टिम पकली ,साईनाे स्पाेर्टिङ्ग मिलसेरिया माेरङ्ग,मेघा फुटबल  क्लब बिराटनगर माेरङ्ग,न्यु स्टार एकेडेमी भराैल,बराहक्षेत्र काे प्रतियोगितामा सहभागीता रहने आज खेलमैदानमा पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे हाे ।


खेलकुदकाे मुख्य उदेश्य भनेकाे खेलाडी उत्पादन गर्नु हाे,स्थानिय खेलाडी भाईबैनीहरुलाई राम्रो ब्याबसायीक खेलाडी बनाउनु हाे र याे प्रतियोगिता सकिनसाथ वडा स्तर बाट प्रशिक्षण शुरु गरिने पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा वडा नं.९ का अध्यक्ष धनस्याम चाैधरीले जानकारी गराए । 


सम्मेलनमा  रामधुनी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष सत्नारायण  चाैधरी,फुटबल प्रतियोगिताकाे संयाेजक पुस्पलाल चाैधरी लगायत फुटबल प्रेमीहरुकाे सहभागीता रहेकाे थियाे

सुप्रिया राई
प्रतिक्रिया